सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, November 24, 2011

बम राखेको एसएमएस आएपछि उडान अवरुद्ध

८ मंसिर, काठमाडौं ।
 अग्नि एयरको विमानमा बम राखेको एसएमएस आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान अवरुद्ध भएको छ । अग्नि एयरको बुकिङ कर्मचारी विष्णु दुलालको मोवाइलमा काठमाडौं-विराटनगरमा उडान भर्ने विमानमा बम राखेको एसएमएस आएको प्रहरीले जनाएको छ ।
बम खोजलताल भएपनि भेटिएको छैन । अहिले प्रहरीले बम राखिएको आशंकामा खोजविन गरिरहेको छ । एसएमएस पठाउने व्यक्तिको पहिचान भइसकेको भन्दै विमानस्थल प्रहरीका डिएसपी नारायण बस्ताकोटीले उनलाई पक्राउ गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment