सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 28, 2011

झण्डै २ करोडको चर्पी

हामीले दन्ते कथाहरुमा एकादेशका राजारानी सुनका पलङमा सुत्ने गरेका, सुनको थालमा खाने गरेका भन्ने जस्ता कुराहरु सुनेका छौँ । खाने र बस्ने ठाउँ राम्रो चाहिने भएकाले होला ठूलाबडाहरु यस्ता चीज महंगा रत्न तथा धातुबाट बनाउँथे । सत्य, त्रेता तथा द्धापर युगका धनीमानीहरुले यसो गर्दा हुन् । तर अहिले कलियुगमा भने खाने थाल र सुत्ने खाट होइन दिशापिसाव गर्ने चर्पी सुनको बन्न थालेको छ ।
गाउँमा खाल्डे पाइखाना प्रयोग गर्नेका लागि मात्र होइन सहरबजारमा फ्लस जडित चर्पि प्रयोग गर्नेलाई लागि समेत यो समाचार अवश्य अनौठो लाग्नसक्छ । महंगीले नुन जुटाउन पनि गाह्रो परिरहेको बेला सुनको चर्पीको कुरा धेरैका लागि अप्रासंगिक पनि लाग्ला तर चीनमा भएको ट्वाइलेट सम्मेलनमा सुनको चर्पी प्रदर्शन गरिएको छ ।
चर्पी कति मुल्यवान वा महत्वपूर्ण हुन्छ भन्ने देखाउन एक १६ वर्षकी किशोरीले यो मुल्यवान चर्पीको डिजाइन प्रस्तुत गरेकी छिन् । यो ट्वाइलेटको मुल्य १ लाख २९ हजार पाउण्ड अर्थात झण्डै १ करोड ६५ लाख रुपैयाँ पर्ने बताइएको छ । यस्तो डिजाइनका लागि ती किशोरीलाई पुरस्कार समेत प्रदान गरिएको छ ।
ती किशोरीले चर्पी मुल्यवान हुन्छ भन्ने मात्र प्रमाणित गरेकी छैनिन् आफ्नो डिजाइनमा दिशापिसाव गरेपछि अनिवार्य फ्लस गर्नुपर्छ भन्ने कुरा समेत व्यवहारमा लागु गराउन खोजेकी छिन् । उनले यस्तो डिजाइनको ट्वाइलेट बनाएकी छिन् की दिशापिसाव गरेपछि ट्वाइलेटको ढोका खोल्न फ्लसको बटन थिच्नुपर्छ । ढोका खोल्नका लागि अनिवार्य फ्लसको बटन थिच्नुपर्ने भएपछि दिशा पिसाव गरेर फ्लस नगर्नेहरुलाई पनि फ्लस गर्नुपर्ने बाध्यता भएको छ ।
३ दिनसम्म चलेको ११ औा विश्व ट्वाइलेट सम्मेलनमा १५ देशका १ सय १५ जना प्रतिस्पर्धीले आ आफ्नो ट्वाइलेटको डिजाइन प्रस्तुत गरेका थिए । जसमा झण्डै २ करोडको सुनको ट्वाइलेट बनाउने किशोरीले बाजी मारिन् ।

No comments:

Post a Comment