सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, November 29, 2011

संविधानसभाको म्याद ६ महिना थप

१३ मंसिर, काठमाडौं ।
 संविधानसभाको म्याद फेरि छ महिना थपिएको छ । संविधानसभाको म्याद ६ महिना थप गर्न सरकारले ल्याएको अन्तरिम संविधानको ११ औं संशोधन विधेयक मंगलबार बसेको संसदको बैठकले दुई तिहाई बहुमतले पारित गरेको हो ।
संसदमा भएको मतदानमा म्याद थपको पक्षमा ५०४ र विपक्षीमा ३ मत परेको थियो । बैठकमा ५०८ जना सभासदको उपस्थिति थियो ।

अब संविधानसभाको म्याद २०६९ साल जेठ १४ गते सम्म भएको छ । २ वर्षका लागि गठन भएको संविधानसभाको म्याद तीन पटकमा गरि १ वर्ष छ महिना थप गरिएको छ ।
पछिल्लो पटक सर्वोच्च अदालतले समेत संविधानसभाको म्याद बढीमा ६ महिना नबढ्ने गरी थप्न आदेश लिएको छ । साथै अब थपिने समयमा पनि संविधान निर्माण हुन नसके जनमत संग्रह, पुनः संविधानसभाको निर्वाचन लगायतका विकल्पमा जान पनि भनेको छ ।

No comments:

Post a Comment