सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, November 30, 2011

कुकुरले बस चलाएपछि !!!

अस्ट्रेलियाको उत्तरी सहर डार्विनमा बस्ने पेशाले सेल्स असिस्टेन्ट रहेका फिल न्युटनलाई आफ्ना आँखाले देखेको कुराप्रति विश्वासै लागेन जब उनले सडकमा एक कुकुरले डबल डेकर बस चलाइरहेको देखे । यस्तो दृश्य देख्दा उनीमात्र होइन त्यहाँका अरु मानिस पनि अचम्ममा परे ।
३० वर्षका प्रत्यक्षदर्शी फिलका अनुसार उक्त कुकुर बसको ड्राइभिङ सिटमा बसिरहेको थियो र उसका पञ्जा स्टेरिङमा थिए ।
बस आफ्नै गतिमा गुडिरहेको थियो र अगाडि गएर ठोक्किने खतरा भएपनि उक्त कुकुरलाई कुनै परवाह थिएन । त्यो बेला बसलाई नरोकेमा दुर्घटना हुने सम्भावना थियो त्यसैले फिलले दौडिँदै गएर बसको खुलै रहेको झ्यालबाट पसी तत्काल ह्याण्डब्रेक लगाए र बस रोकियो । बस झ्वाट्ट रोकिएपछि कुकुर अर्को झ्यालबाट फुत्त भाग्यो ।
वास्तवमा दुइवर्षको जर्मन जातको कुकुर वुड्ले ले आफ्नो मालिकको नक्कल गर्दै बसको ह्याण्डब्रेक हटाएको थियो जसका कारण बस पार्किङबाट गुड्दै सडकसम्म आएको थियो ।

कुकुरका मालिक ६२ वर्षका रिचार्डले आफ्नो कुकुर प्रायः बसमा आफुसँगैको सिटमा बस्ने गरेको र आफुले गाडि चलाउँदा ब्रेक लगाएको देख्ने भएकाले त्यसकै नक्कल गर्दै ब्रेक हटाइदिएको हुनसक्ने बताए ।

No comments:

Post a Comment