सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, November 26, 2011

एमाले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक फेरि सर्ने

काठमाडौं, मंसिर १० -
CPN UML_Nepal
 राष्ट्रिय प्रतिनिधि परिषद्को नयाँ मिति घोषणालगायतका विषयमा छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय बल्खुमा जारी छ ।
बैठक यसअघि दुई पटक सारिएको थियो । बुटवलमा सम्पन्न आठौं महाधिवेशनपछि एकपटक पनि राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बसेको छैन । स्रोतका अनुसार शनिबारकै केन्द्रीय कमिटी बैठकले परिषद् बैठक फागुनमा गर्ने टुंगो लगाउनेछ ।
बैठकमा संविधानसभाको म्याद थप, राष्ट्रिय सहमतिको सरकार, संविधान निर्माणलगायतका विषयमा पनि छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

No comments:

Post a Comment