सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, November 26, 2011

लामो समय कुर्सीमा बस्दा सेक्सलाइफमा खतरा

तपाइँ अफिसमा लामो समयसम्म कुर्सीमा बसेर काम गर्नुहुन्छ भने सावधान । एक अध्ययनले लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने मानिसको यौन जिवन प्रभावित हुने देखाएको छ ।
अध्ययन अनुसार लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने मानिसको ढाडको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । जबकी ढाडको हड्डीको सेक्सका दौरान निकै महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले ढाडको हड्डीमा समस्या देखिएपनि मानिसको सेक्स जिवन प्रत्यक्ष रुपमा प्रभावित हुने अध्ययनकर्ताहरु बताउँछन् ।
खासगरी विवाहित मानिसहरु आफ्नो करियरका लागि पनि अफिसको काममा ज्यानै फालेर लाग्ने गर्छन् । यसको मतलब उनीहरु सुम्पिएको काम पूरा गर्न लामो समयसम्म कुर्सीमा बसेर काम गरिरहन्छन् । यसो गर्दा विवाहित मानिसहरुमा यौनेच्छा कम हुँदै जाने र अन्नतः वैवाहिक जिवन नै खतरामा पर्ने अध्ययनकर्ताहरु बताउँछन् ।

No comments:

Post a Comment