सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, November 30, 2011

भट्टराई र प्रचण्डलाई असन्तुष्ट लडाकूको एक हप्ते अल्टिमेटम

१४ मंसिर, रोल्पा । रोल्पाको पाँचौ डिभिजनका असतुष्ट लडाकूहरुले आफ्नो ९ बुँदे माग पूरा गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।
विभिन्न शिविरको निरीक्षणका क्रममा बुधबार दहवन पुगेका प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डसहितको टोलीसँगको छलफलमा घाइते तथा अपाङ्ग योद्धा संघर्ष समितिले ९ बुँदे र ४० बर्ष माथीका प्रौढ लडाकूहरुले ८ बुँदे मागबारे ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मंसिर २१ गतेसम्म आफूहरुको माग पुरा नभएमा मंसिर २२ गते सर्घषका कायक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
जवाफमा माओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डले भने घाइते तथा आपाङ्ग लडाकूका लागि विशेष प्याजेक ल्याउने आश्वासन दिनु भएको छ ।
संघर्ष समितिले घाइते तथा अपाङ्ग लडाकूहरुलाई राज्यले समान पत्र दिनु पर्ने, आजीवन उपचारको ग्यारेन्टी र पेन्सनको व्यवस्था हुनु पर्ने, स्वच्छिक अबकासको रमक एकमुष्ट दिनु पर्ने लगायतका माग अघि सारेका छन् । माग पूरा नभए लडाकू समायोजन प्रक्रिया नै अवरुद्ध हुने गरी शिविरभित्रै आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी छ ।
यस्तै ६४ जनाको हस्ताक्षर संकलन गरी प्रौढ लडाकूहरुले स्वेच्छिक अवकाशमा जाने प्रौढ लडाकूहरुलाई दर्जाको आधारमा नभई सेवा अबधिको आधारमा आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने लगायतका ८ बुदेँ माग पत्र सहितको भट्टराई र प्रचण्डको ध्यानाकर्षण गराएका छन् । प्रौढ लडाकूहरुको तर्फबाट बटालियन सह कमाण्डर बिर बहादुर केसीले प्रधानमन्त्री भट्टराई र पचण्डलाई ध्यानाकर्षण गराउनु भएको हो ।

प्रधानमन्त्री भट्टराईले शान्ति स्थापनाको लागि लडाकूले महत्वपूर्ण योगदान गरेको भन्दै सरकारले सम्मानको तयारी गरेको बताउनु भयो । यस्तै माओवादी अध्यक्ष प्रचण्डले संघर्ष समितिको माग जयज भएको भन्दै दलहरुसँग छलफल गरेर राहत प्याकेज ल्याउने बताउनु भयो ।
नेपाली सेनाको हेलिकप्टरबाट दहवन पुगेको टोलीमा प्रधानमन्त्री भट्टराईसहित माओवादी अध्यक्ष प्रचण्ड र सेना समायोजन विशेष समितिका सदस्यहरु रहेका छन् । दहवन जानु अघि टोली कैलालीको तालबन्दस्थित सातौं डिभिजनमा निरीक्षण गरेको थियो ।

No comments:

Post a Comment