सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, November 27, 2011

बिहे गर्दा प्रहरी हिरासतमा

१० मंसिर, खोटाङ ।
 राजीखुसी बिहे गरेका खोटाङका एक युवालाई प्रहरीले हिरासतमा राखेको छ । आˆना नाबालिका छोरीलाई फकाएर बिहेको नाटक गरी बलत्कार गरेको भन्दै केटीको आफन्तले केटाविरुद्ध मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको हो । मात्तिम-३ की १३ वर्षीया अनिता खड्कालाई सोही गाविस-९, बस्ने १८ वषर्ीय ओमराज परियारले फकाएर भगाएको आरोपसहित केटीका बाबु तुलबहादुर खड्का, दाजु बाबुराम र छिमेकी मनमाया भुजेलले केटाविरुद्ध प्रहरीमा बलत्कारको आरोपमा मुद्दा दर्ता गराएका हुन् ।
तर, यता तीन वर्षदेखिको प्रेम सम्बन्धपछि, गत कात्तिक १६ गते दुवैजनाले बिहे गरेका थिए । पछि सोही विषयमा समाजको रोहवरमा इलाका प्रहरी कार्यालय मात्तिममा छलफल गरी समाजले केटीलाई केटाकै घरमा बस्न भनेको भए पनि केटीका आफन्तले प्रहरीलाई घुस दिएर मुद्दा दर्ता गराएको आरोप केटा पक्षले लगाएको छ ।

केटाका दाजु अनिल परियारले केटीलाई भगाएर केटालाई प्रहरीमा जिम्मा लगाइएको बताउनुभयो । केटा र केटी राजीखुसी भई बिहे गर्दा पनि आˆनो भाइ प्रहरी हिरासतमा रहेको बताउँदै अनिलले नेपाल राष्ट्रिय दलित वर्ग उत्थान जिल्ला समन्वय समिति खोटाङमा निवेदन दिएका छन् । खोटाङका प्रहरी नायब उपरीक्षक वसन्तकुमार थापा केटा र केटी सहमति गरेर कम उमेरमा विवाह गरेको गाउँ समाजमा थुप्रै घटना हुने भए पनि यस्तो कार्यविरुद्ध कसैले उजुरी दिएमा कानुनी कारबाही हुने बताउनुहुन्छ । सोह्र वर्षभन्दा कम उमेरमा भएको यस्तो कार्य बलत्कार नै भएको पुष्टि हुने बताउँदै प्रनाउ थापाले गल्ती गर्नेलाई कानुनतः ६ देखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था भएको बताउनुभयो । यसैबीच पत्नीलाई कुटपिट गरी घर निकालापश्चात दोस्रो विवाह गर्ने ओखलढुङ्गा कुइभिर-४ का मणिकुमार घिमिरेले अंश र क्षतिपूर्ति वापत पत्नी सीता राई घिमिरेलाई रु एक लाख ७५ हजार उपलब्ध गराएका छन् ।
हालै बार एसोसिएसनका पदाधिकारीसँग भएको छलफलमा सीताले अंश र क्षतिपूर्तिवापत रकम मागेपछि पतिले गल्ती स्वीकार गर्दै उक्त रकम उपलब्ध गराएका हुन् । उनले छोरा १६ वर्ष पुगेपछि अंशसमेत दिने भएपछि पत्नीले उजुरी फिर्ता लिएर सम्बन्धविच्छेद गरेकी छिन् । पतिले दोस्रो विवाह गरी आफूलाई शारीरिक तथा मानसिक यातना दिई घर निकाला गरेको भन्दै उनले कात्तिक २० गते पतिका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन् । मणिकुमार र सीताबीच २०६२ जेठ १० गते विवाह भई पाँच वर्षअघि एक छोराको समेत जन्म भएको थियो । रासस

No comments:

Post a Comment