सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 28, 2011

अब विद्रोही विरुद्ध मुसाको फौज

आफ्नो अवहेलना गरेपछि गणेश भगवानले बाहन मुसोलाई वाणको तार काटिदिन पठाएको धर्मशास्त्रहरुमा पढ्न पाइन्छ । तर अब धर्मशास्त्रको त्यो घटना किम्बदन्तीमा मात्र सिमित रहेन । युद्धका लागि संसारै ध्वस्त पार्ने बम समेत बनिसकेका बेला मुसाको महत्व भने अझै घटेको रहेनछ । हालै कोलम्बिया सरकारले विद्रोही विरुद्ध लड्नको लागि मुसालाई तालिम दिएको घटनाले यसैलाई पुष्टि गर्छ ।
बामपन्थी व्रि्रोही सँग मुकाबिला गर्न कोलम्बिया सरकारले मुसाका फौजलाई मैदानमा उतार्ने भएको हो । समाचार अनुसार कोलम्बियाले प्रहरीले अहिले मुसालाई बारुदी सुरुङ पत्ता लगाउने तालिम दिइरहेको छ ।


अहिले मुसाको लागि चलिरहेको तालिम अन्तिम चरणमा पुगेको र तालिम पछि उक्त मुसाको फौजलाई हिंसाग्रस्त क्षेत्रमा खटाइने बताइएको छ । यी मुसा फौजलाई ती जनताको रक्षाको लागि खटाइनेछ जसले बारुदी सुरुङमा परी वर्षोनी ज्यान गुमाउने वा घाइते हुने गरेका छन् ।
कोलम्बियाको वामपन्थी विद्रोही संगठन दक्षिण अमेरिकाको सबैभन्दा पूरानो गुरिल्ला संगठन हो । जसको बारुदी सुरुङ आक्रमणमा अहिलेसम्म सयौँको ज्यान गैसकेको छ ।

No comments:

Post a Comment