सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, November 29, 2011

राजधानीको हाँस तथा कुखुरामा बर्ड फ्लु

१३ मंसिर, काठमाडौं ।
 राजधानीका हाँस तथा कुखुरामा एभियन एन्फ्लुएन्जा अर्थात् बर्ड फ्लुको किटाणु भेटिएको छ । सरकारले नेपाललाई ‘बर्ड फ्लु मुक्त राष्ट्र’ घोषणा गरेको पाँच महिना नबित्दै काठमाडौं र भक्तपुरको सिमानामा पर्ने जडिबुटी क्षेत्रको सुकुम्बासी बस्तीका हाँस तथा कुखुरामा बर्ड फ्लुको किटाणु भएको पुष्टी भएको छ ।
चन्द्रबहादुर तामाङको फार्ममा रहेको हाँस तथा कुखुरामा बर्ड फ्लुको किटाणु भेटिएको स्वास्थ्य विभागले जनाएको छ । गत कात्तिक २३ र २४ गते कुखुरा तथा हाँसमरेपछि नमुना परीक्षणका लागि टेकुको प्रयोगशालामा पठाइएको थियो । परीक्षणमा एच ५ भेटिएपछि बेलायतको भेटनरी ल्याब एजेन्सी वेभ बि्रजमा पठाइएको नमुानामा बर्ड फ्लुुको पुष्टी गरेको हो ।
बर्ड फ्लुको किटाणु भेटिएपछि प्रभावित क्षेत्रमा कुखुरा तथा हाँस मारिएको छ । स्वास्थ्य विभाग अन्तरगतको एभियन एन्फ्लुएन्जा नियन्त्रण महाशाखाको टोली र एनिमल रेपिट टोलीले संयुक्त रुपमा मनोहरा वस्तीभित्रका सबै कुखुरा तथा हाँस विषादीको माध्यमबाट मारेर खाडलमा पुरेको छ ।
मनोहरा वस्तीमा करिब १३ कुखुरा र २०० हाँस नष्ट गरिएको वरिष्ठ पशु चिकित्सक तथा नियन्त्रण टोलीका इन्चार्ज डा नारायणप्रसाद घिमिरेले जानकारी दिनुभयो । टोलीले तामाङले पालेको कुखुरा तथा हाँसको खोरको सरसफाइ गर्नाका साथै औषधि छर्केको छ । हाल प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
बर्ड फ्लु भनेको एचिएन इन्फ्लुयन्जा टाइप ए अर्थात एच५एन१ नामक सुक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो । यो पंक्षी रुघा हो । बर्ड फ्लु संक्रमित पंक्षीहश्रको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ्य व्यक्तिको शरीरमा प्रवेश गर्छ । रोगी पंक्षप्को मासु, अण्डा, सुली लगायतका बाहिर निस्किने पदार्थबाट रोग सर्ने गर्छ ।

बर्ड फ्लुका लक्षण
बर्ड फ्लु संक्रमित पंक्षीहरू दस दिनपछि मर्न थाल्छन्। यस्ता पंक्षीको सम्पर्कमा आएका मानिसमा सुरूमा ज्वरो आउने, टाउको दुख्ने, रूघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।
बर्ड फ्लुबाट कसरी बच्ने
- रोगग्रस्त पंक्षीबाट जोगिनु नै उत्तम उपाय हो।
- कुखुरा लगायत पंक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने
- घरपालुवा पशुमा लक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने
- संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने
–कुखुरा लगायत पंक्षीहरूको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने

No comments:

Post a Comment