सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, November 26, 2011

निर्वस्त्र बिनिता भन्छिन-’नांगिएको हैन’

साइन गरिसकेको चलचित्रबाट निकालिएपछि म्युजिक भिडियोकी मोडल बिनिता बरालले केही समयअघि आत्महत्या गर्नेसम्मको धम्की दिएकी थिइन निमार्तालाई । पहिलो चलचित्रबाटै निकालिनुपरेको पीडाकै वीच उनले अर्को चलचित्र ‘चपली हाइट’मा काम पाइन् ।
त्यही इखले होला नायिका बिनिता चर्चामा आउन जे पनि गर्न तयार भएकी छन् । चपली हाइटमा प्रसस्त अश्लिल र भद्दा शब्द बोल्न तयार भएकी बिनिताले हालै कम्मरमाथिको भाग नाङ्गै रहेको तस्वीर खिचाइन । चलचित्रको पोष्टरका लागि राजीव श्रेष्ठले खिचेको यो तस्वीरमा नायकले बिनिताको संवेदनशील अंगलाई हातले समातेर लाज ढाकिदिनु परेको छ ।
सुरुमा कामना मासिकको कभरपेजमा छापिएको यो तस्वीर दुई दिनपछि शुक्रबार नामक साप्ताहिकको पनि कभरपेजमै छापियो । फिल्मको प्रचारका लागि योजनाबद्ध ढंगले गरिएझै लाग्ने तस्वीर सार्वजनिक प्रकरणमा भने फोटोग्राफर, नायिका र निर्माताले नयाँ नाटक सुरु गरेका छन् ।

फोटो सार्वजनिक भएलगत्तै बिनिताले आफुले फिल्मको पोष्टरका लागि खिचेको तस्वीर मिडियालाई दिनु गलत भएको भन्दै दुःख मनाउ गरिन् । नाङ्गीन, फोटो खिच्न र त्यसलाई पोष्टरमा राख्नसमेत मञ्जुर भएकी बिनितालाई त्यो तस्वीर पोष्टरमा नभई मिडियामा सार्वजनिक हुँदा किन दुःख लागेको होला ? तस्वीर दुरुपयोग भएको हो भने तपाईले मुद्दा हाल्नुहुन्छ भन्ने अनलाइनखबरको जिज्ञासामा बिनिताले त्यसो नगर्ने बताइन् । अहिलेलाई भैगो फेरि यस्तै भए मुद्दा हाल्छु भन्ने बिनिताको जवाफ कृतिमजस्तो सुनिन्छ ।
बिनिताको अर्को दाबीले भने दर्शकलाई उल्लु बनाउन खोजेजस्तो देखिन्छ । आफुले कपडा लगाएरै तस्वीर खिचेको दावी बिनिताले गरेकी छन् । फोटोग्राफर राजिव श्रेष्ठ पनि त्यसै भन्छन् । त्यसो भए फोटोग्राफिक ट्रीक गरेर लगाएका कपडा मेटिएको हो त भन्ने प्रश्नको जवाफ पनि उनीहरुसँग छैन् । तस्वीरमा स्पष्ट देख्न सकिन्छ, बिनिताको निप्पल मुस्किलले ढाकिएको छ, त्यो पनि आफ्नै हातले हैन नायकको हातले ।
बिनिताले आफ्नो अनुमतिबेगर निर्माता अर्जुनकुमारले मिडियालाई तस्वीर बाँडेको बताएपनि उनीहरुका कुरा सुन्दा मिलेमतोमै फिल्म चलाउन गरिएको ‘स्टन्ट’ भन्ने प्रष्ट बुझिन्छ ।

No comments:

Post a Comment