सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 28, 2011

बाबुरामको मुस्ताङको साइज घट्यो, सुबिधा बढ्यो

११ मंसिर, काठमाण्डौ ।
 प्रधानमन्त्री बाबुराम भटट्राईले आइतवारदेखि सुबिधा थपिएको आरामदायी मुस्ताङ गाडी चढ्ने भएका छन् । मुस्ताङ म्याक्सको उत्पादक गोल्छा अर्गनाइजेसनले सुरक्षा र सुबिधा थपेर प्रधानमन्त्रीका लागि नयाँ मुस्ताङ तयार पारेको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
‘नयाँ गाडीमा सिट आरामदायी छ, तातो चिसोको ब्यबस्था हुने एअर कन्डिसन छ, टीभी र फि्रजसहित सवै सुबिधा छ’- प्रधानमन्त्री भट्टराईका चालक भिमसेन थापाले भने- ‘पहिलाको गाडी साँचोले खोल्नुपर्दथ्यो, अहिलेको गाडीमा सेन्ट्रल लक सिष्टम छ, पहिले ट्रक चलाएजस्तो लाग्थ्यो, अहिले जापानी गाडी चलाएजस्तो सजिलो छ ।’
केही दिनअघि नै बालुवाटार आइपुगेको नयाँ मुस्ताङको दर्ता र नम्बर प्लेट मिलाउन समय लागेका कारण प्रधानमन्त्रीले आजदेखि मात्र चढ्न लागेका हुन् । स्रोतका अनुसार नयाँ स्वरुपको मुस्ताङ चढेर प्रधानमन्त्री भट्टराई आइतवार बिहान तीन दलको वैठकमा सहभागी हुन सिंहदरवार जानेछन् ।
यसअघि प्रधानमन्त्रीले चढ्ने मुस्ताङ गाडीमा १४ सिट थियो भने नयाँ मुस्ताङमा ७ सिटमात्र छ । पुरानो मुस्ताङको मूल्य १६ लाख पर्छ भने नयाँ मुस्ताङको २० लाख ५० हजार । यसअघि चढ्ने मुस्ताङ बालुवाटारमा जगेडामा राखिने भएको छ ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै प्रधानमन्त्री भट्टराईले मुस्ताङ चढ्न थाल्नुभएको थियो । यो अभियानलाई तिब्रता दिन भट्टराईले सवै मन्त्रीहरुलाई मुस्ताङ गाडी नै चढाउने योजना बनाएको बुझिएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव बिश्वदीप पाण्डेले संबिधानसभाको म्याद थपसँगै सवै मन्त्रीलाई मुस्ताङ चढाउने योजना बनाएको बताए ।

No comments:

Post a Comment