१ माघ, काठमाण्डु ।
सधै इन्टरनेटमा झुण्डिरहनु हुन्छ ? सावधान । इन्टरनेटको अति प्रयोग गर्ने बानी बस्नु भनेको तपाइँ लागु औषधको कुलतमा फस्नु जस्तै हो ।
हालै गरिएको एक अनुसन्धानले इन्टरनेटको कुलत बसेका मानिसहरुको मस्तिष्कमा लागुऔषध प्रयोगकर्ता तथा धूमपान र मध्यपानका अम्मलीको जस्तै असर पर्ने निष्कर्ष निकालेको छ ।

लागुऔषधको प्रयोग गर्नेहरुको जस्तै इन्टरनेट प्रयोगको लत बसेकाहरुको मस्तिष्कको स्नायु रेशा हुने सेतो भागमा परिवर्तन आउने र त्यस्तो परिवर्तन पछि उक्त व्यक्तिले चाहँदा पनि इन्टरनेटको प्रयोग घटाउन नसक्ने वैज्ञानिकहरुको ठहर छ, जसरी ड्रग्स लिने मान्छेले लत छाड्न सक्दैन । इन्टरनेटको कुलतमा फसेकाहरुको मस्तिष्कको सेता भाग (ह्वाइट म्याटर)मा हुने स्नायु रेशाहरुको अन्य भागसँगको सम्पर्क छुट्नजान्छ जसका कारण उक्त व्यक्तिले निर्णय गर्ने, संयमता अपनाउने तथा आत्मनियन्त्रण गर्ने लगायतका काम गर्न सक्दैन ।
यता बेलायतको किंग्स कलेजका मनोवैज्ञानिक गन्टर सुम्यानले इन्टरनेटको जस्तै भिडियो गेमको अत्यधिक प्रयोग गर्ने मानिसमा पनि यस्तो कुलत बस्ने बताएका छन् । वैज्ञानिकहरुले इन्टरनेटको कुलतको विषयमा भएको पछिल्लो अनुसन्धान चिकित्सा मनोविज्ञान क्षेत्रमा कोशेढुंगा सावित हुने बताएका छन् । (एजेन्सीको सहयोगमा कुलचन्द्र अर्याल)
No comments:
Post a Comment