सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, May 31, 2012

भयानक साइबर हमलाको पर्दाफास

एक रुसी सुरक्षा कम्पनीले एउटा यस्तो जटील साइबर हमला पत्ता लगाएको छ जसबाट इरान तथा इजरायल जस्ता देशका निजी सूचनाहरु चोरी  भैरहेका थिए ।
रुसी सुरक्षा कम्पनी को क्यास्पेरस्की ल्याब्सले फ्लेम नामको कम्प्युटर प्रोग्राम मार्फत सन् २०१० देखि यस्तो साइबर हमला जारी रहेको खुलासा गरेको छ । कम्पनीले फ्लेम अहिलेसम्मकै सबैभन्दा जटील साइबर हमला भएको समेत बताएको छ । इसभन्दा पहिले स्टक्सनेट नामको एक भाइरसमार्फत इरानको परमाणु कार्यक्रमलाई निसाना बनाइएको थियो ।
क्यास्पेरस्की का भाइरस विशेषज्ञ विताली कामलुकका अनुसार फ्लेममार्फत संवेदनशील सूचना एकत्रित गर्ने काम भैरहेको छ । साथै यसले नेटवर्कमा हुने कामको जासुसी गर्ने, स्त्रिmनको चित्र लिने, अडियो कुराकानी रेकर्ड गर्ने तथा किबोर्डमा निगरानी गर्ने लगायतका काम गर्ने गरेको छ । यस्तो साइबर हमला ६ सय भन्दा बढि स्थानहरुमा भैसकेको र त्यसमा आम सर्वसाधारण देखि लिएर व्यवसायिक स्थल, शिक्षण संस्थान तथा सरकारी कार्यालय समेत परेका छन् ।
फ्लेमको आकारप्रकार तथा क्षमता हेर्दा यो कुनै साइबर अपराधीले नभै कुनै देशको सरकारी संयन्त्रले जासुसीका लागि तयार पारेको हुनसक्ने रुसी विज्ञहरुको दाबी छ । यस्तो साइबर आक्रमण इरान, इजरायल सँगै सूडान, सिरिया, लेवनान, साउदी अरेयिबा तथा इजिप्ट लगायतका देशमा लक्षित छ । तर यस्तो साइबर अपराध कुन साइबर अपराधी वा जासुसी निकायले गरेको हो त्यो भने पत्ता लाग्न सकेको छैन । एजेन्सी

No comments:

Post a Comment