सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, July 7, 2012

सोमबार इन्टरनेट बन्द गर्ने भाइरसबाट यसरी बचौं


काठमाडौं, असार २३,  संसारभरका इन्टरनेट यूजर्सले सोमवार अर्थात ९ जुलाईका दिन समस्यामा पर्ने देखिएको छ । यस दिन इन्टरनेट सेबा ठप्प हुन सक्दछ । सम्पूर्ण  वेबसाइट्स र ब्लग्सहरूले यस प्रकारको चेतावनी दिइरहेका छन्। यो  DNS चेन्जर भाइरसले संसारभरिका करिब २.५ लाख कम्प्युटरलाइ आफ्नो शिकार बनाइसकेको छ । तपाइँको कम्प्यूटरमा यो भाइरस छ भने हटाउन सकिनेछ । सोमबार यदि तपाइँको कम्प्युटरमा इन्टरनेट ठप्प नहोस भन्नका लागि तल बताएको उपायहरू गर्नुस ।
कसरि बँच्न सक्नुहुन्छ तपाइँ ?
सर्वप्रथम आफ्नो कम्प्यूटरमा यो भाइरस छ छैन चेक गर्नुस । तपाइँको कम्प्युटरमा यो भाइरस भए नभएको कुरा वेबसाइट www.dns-ok.ca/ मा गएर पेजको सबैभन्दा तल भएको I Agree मा क्लिक गर्नुस । अब जुन पेज खुल्दछ, यदि त्यसमा हरियो व्यानर देखियो भने तपाइँ सुरक्षित हुनुहुनेछ । यसको मतलब तपाइँको कम्प्युटरमा यो भाइरस छैन् ।
यदि रातो रङको ब्यानरमा तपाइँको कम्प्युटरमा भाइरस छ भन्ने सन्देश आयो भने पनि डराउनु पर्दैन । तपाइँले सजिलैसंग स्क्यान गरेर उक्त भाइरस हटाउन सक्नुहुन्छ ।
भाइरस चेक गर्ने अर्को तरिकाः तपाइँको कम्प्युटरमा यो भाइरस छ छैन हेर्ने अर्को तरिका । यसमा तपाइँले म्यानुअल्ली पनि चेक गर्न सक्नुहुनछ । माइक्रोसफ्ट विन्डोज अपरेटिंङ सिस्टम प्रयोग गर्ने गर्नुहुन्छ भने Start menu मा क्लिक गर्नुस ।  Run मा क्लिक गर्नुस । त्याहाँक cmd.exe टाइप गरेर इन्टर गर्नुस । अब खुल्ने कालो रङको कमाण्ड विण्डोमा ipconfig /all टाइप गरेर इन्टर गर्नुस । त्याहाँ जुन जानकारी आएको तपाइँको कम्प्यूटरको आईपी एड्रेस र डीएनएस सर्भर  तल दिइएको नम्बरहरूसंग मेल खान्छ या खाँदैन्। यदि तल दिएको नम्बरहरूसंग तपाइको डीएनएस मेल खायो भने तपाइँको कम्प्युटरमा भाइरस छ ।

एप्पल युजरहरू System Preferences मा जानुस । Network सेलेक्ट गर्नुस । connection used for internet access (धेरैजसो AirPort or ethernet) मा क्लिक गर्नुस। Advanced मा क्लिक गर्नुस । DNS tab मा क्लिक गर्नुस ।
भाइरस भएका कम्प्यूटरहरूको आईपी र डीएनएस सर्भर नम्बरहरू
85.255.112.0 बाट 85.255.127.25
67.210.0.0 बाट 67.210.15.255
93.188.160.0 बाट 93.188.167.255
77.67.83.0 बाट 77.67.83.255
213.109.64.0 बाट 213.109.79.255
64.28.176.0 बाट 64.28.191.255
कम्प्यूटरमा भाइरस भए के गर्ने त ? 
यस भाइरसलाइ हटाउनका लागी इन्टरनेटमा धेरै उपाय हरू छन् । फ्री भाइरस स्क्यान एण्ड रिमूभल सफ्टवेयर्सका लागिwww.dcwg.org/fix/ मा जान सक्नुहुन्छ ।  तर यसका लागी पहिले आफ्नो आवश्यक जरूरी डाटाको ब्याकअप लिनुस र भाइरस भेटिएमा कुनै राम्रो कम्प्यूटर प्रफेशनलसंग पनि सल्लाह लिनुस ।

No comments:

Post a Comment