अमेरिकी सेनाले आफ्नो सामरिक क्षमताको विकाश गर्ने क्रममा निकै अनौठो रोबोटको निर्माण गरेको छ ।

अत्याधुनिक प्रविधियुक्त उक्त रोबोट मानवरहित विमानमा प्रयोग गरिने बताइएको छ । यो रबटले मानव रहित विमानमा लामो उडान भरी आतंकवादी गतिविधिको अवलोकन गर्ने तथा आक्रमणका गतिविधिलाई पनि निर्देशित गर्ने बताइएको छ ।
साथै यो रोबोट गुप्तचर सम्बन्धि सूचना संकलनमा समेत प्रयोग हुन सक्ने बताइएको छ ।
अमेरिकाले यसअघि पनि यस्तै विचित्र खालका प्रविधिको विकाश गरी आकाशमा उडाएर गुप्तचर सूचनाहरु संकलन गर्ने र चोर्ने गरेको आरोप लाग्दै आएको छ ।
यो लामखुट्टे रोबोट आउँदो २०१५ सम्ममा प्रयोगमा ल्याइसकिने बताइएको छ ।
No comments:
Post a Comment