सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, June 27, 2012

गुगलले बनायो कृत्रिम मस्तिष्क


प्रविधिको क्षेत्रमा इन्टरनेट कम्पनी गुगलले निकै चमत्कारिक उपलब्धि हासिल गरिरहेको छ । केही समय पहिले विचित्रको चस्मा तथा ड्राइभरविनाका कार बनाएको गुगलले अविश्वसनिय सिर्जना तयार पारेको छ ।
गुगलले कृत्रिम मस्तिष्क तयार पारी सबैलाई अचम्ममा पारेको हो । १६ हजार कम्प्युटर प्रोसेसर तथा एक अर्ब भन्दा बढि कनेक्सनको सहायताले कृत्रिम मस्तिष्क तयार पारिएको हो ।
वैज्ञानिक जेफ डिनको नेतृत्वमा रहेको टोलीले यो कृत्रिम मस्तिष्क निर्माण गरी त्यसको सफलतापूर्वक परीक्षण समेत गरेको छ । परीक्षणको क्रममा उक्त मस्तिष्कले कैयौँ भिडियोबाट बिरालोको पहिचान गर्न सफल भएको थियो । यो कृत्रिम मस्तिष्क मानव मस्तिष्क जस्तै विभिन्न घटनाक्रमबाट उच्चस्तरीय विचार मन्थन गर्न तथा घटनाक्रमको मुख्य विषय छनोट गर्न सफल रहेको बताइएको छ । कृत्रिम मानव मस्तिष्कको निर्माण प्रविधिको क्षेत्रमा निकै ठूलो उपलब्धी रहेको बताइएको छ ।

No comments:

Post a Comment