सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, June 25, 2012

अन्तरीक्ष विज्ञानमा चीनको महान उपलब्धी

अन्तरिक्ष विज्ञानमा द्रुत विकाश गरिरहेको चीनले आफ्नो अन्तरीक्ष यात्रामा निकै महत्वपूर्ण उपलब्धी हात पारेको छ ।
चीनले पहिलोपटक आफ्नो एक मावनयुक्त अन्तरीक्षयानलाई निर्माणधिन अन्तरिक्ष प्रयोगशालासँग आबद्ध गर्न सफल भएको हो । केही दिनअघि प्रक्षेपण गरिएको शेन्जो-९ नामको मानवसहितको अन्तरीक्षयानलाई तियांगोङ अन्तरीक्ष प्रयोगशालासँग  डकिङ (संयोजन) गरिएको हो । स्मरण रहोस् सन् १९६० को दशकमा अमेरिका र रुसले यस्तो सफलता हासिल गरिसकेका थिए ।
अन्तरीक्ष स्टेशन बनाउने चीनको प्रक्रियामा यो कदम निकै महत्वपूर्ण मानिएको छ । चीनले सन् २०२० सम्ममा अन्तरिक्ष स्टेशन बनाउने तयारी गरिरहेको छ ।
अन्तरीक्ष प्रयोगशालासँग आबद्ध भएको उक्त अन्तरीक्षयानमा चीनकी पहिलो महिला अन्तरीक्षयात्री लिओ येंग तथा अन्य दुइ यात्री जिंग हाइपेंग र लिओ वैंग छन् । डकिङको प्रक्रिया सफल भएपछि तिनै जना मुस्कुराएको दृश्य चिनिया सरकारी टेलिभिजनले प्रशारण गरेको थियो ।

No comments:

Post a Comment