सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, June 19, 2012

आइप्याडलाई धक्का दिन माइक्रोसफ्टको नयाँ ट्याब्लेट

अमेरिकी कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टले हार्डवेयरको क्षेत्रमा जबरजस्त उपस्थिति जनाउँदै आफ्नै ब्राण्डको नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ ।
सर्फेस  नाम दिइएको टचस्त्रिmन प्रविधिको उक्त ट्याबलेटमा अपरेटिङ सिस्टमको रुपमा विण्डोज ८ रहनेछ भने इन्टेल वा एआरएमको प्रोसेसर रहने बताइएको छ ।
माइक्रोसफ्टको नयाँ ट्याबलेटले एप्पलको आइप्याडलाई चुनौति दिनसक्ने विश्लेषण गरिएको छ ।
यसले ट्याबलेट उत्पादक अरु कम्पनीहरुलाई समेत विन्डोज ८ सपोर्ट गर्ने ट्याबलेटका मोडल उत्पादन गर्ने चुनौति खडा गरेको छ ।
माइक्रोसफ्टको नयाँ ट्याबलेटमा १०.६ इन्चको स्त्रिmन डिस्प्ले छ भने यसको खोल पहिलोपटक म्याग्नेसियमको बनाइएको छ ।
यो ट्याब्लेट एप्पलको आइप्याड भनदा केही ठूलो स्त्रिmनको तथा केही गह्रौँ समेत रहेको छ ।

No comments:

Post a Comment