सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, March 2, 2012

सास गन्हाएको पत्ता लगाउने मोबाइल


विश्वमा मोबाइल फोनको बजार निकै फस्टाइरहेको छ । यो वर्षको अन्त्यसम्ममा मान्छेको संख्या भन्दा मोबाइल फोनको संख्या बढि हुने यसअघि नै तथ्य सार्वजनिक भैसकेको सन्दर्भमा मोबाइल फोनको संख्यामा मात्र नभएर गुणस्तर तथा सुविधा र प्रविधिमा पनि ठूलै फड्को देखा परेको छ । विश्वमा यस्तो मोबाइल फोन समेत उत्पादन भएका छन् जसले तपाइँको सास गन्हाएको कुरा पत्ता लगाउँछन् ।
हालै स्पेनको बार्सिलोनामा भएको विश्व मोबाइल प्रदर्शनीमा मान्छेको स्वास दुर्गन्धित भएको बारेमा जानकारी दिने मोबाइल समेत प्रदर्शनीमा राखिएको थियो । उक्त मोबाइल फोनमा प्रयोग गरिएको अत्याधुनिक प्रविधिले मान्छेको स्वास गन्हाएको पत्ता लगाउने बताइएको छ । स्वास गन्हाउनु भनेको मुख वा स्वास नली फोहोर हुनु हो र यो बेलामा स्वासमा केही रसायन मिसिएको हुन्छ ।
गन्हाउने स्वासमा रहेको उक्त रसायन जब मोबाइलको स्त्रिmनमा ठोक्किन्छ तब मोबाइलको उक्त प्रविधिले काम गर्छ र त्यसबारेमा मोबाइल प्रयोगकर्तालाई जानकारी दिन्छ । यसैत्री बार्सिलोनाको उक्त मोबाइल प्रदर्शनीमा घण्टौ पानीभित्र डुबेपनि नबिग्रने मोबाइल फोनका साथै १५ वर्षसम्म ब्याट्रको चार्ज खप्ने मोबाइल फोन समेत राखिएका थिए ।

आफ्नै छोरो बेच्न खोज्ने आमा

एउटी आमाको लागि सबैभन्दा प्रिय चिज भनेको आफ्नो सन्तान हुन्छ । तर यो दुनियामा यस्ता निर्दयी आमाहरु पनि छन् जसले आफ्नै सन्तानलाई समेत बेच्न पछि पर्दैनन् । रुसमा यस्तै निर्दयी आमा फेला परेकी छिन् । आफ्नो ५ वर्षको छोरो बेच्न लाग्दा ती महिला रंगेहात पक्राउ परेकी छिन् ।
रुसको सुदुरपूर्वी खाबारोभ्स्क क्षेत्रमा बस्ने एक महिलालाई ३ हजार रुबेल्स अर्थात् झण्डै १० हजार अमेरिकी डलरमा आफ्नो छोरा बेच्न लागेको अवस्थामा पक्राउ गरिएको हो । बच्चा किन्ने मान्छेसँग सुरुमा उनले छोराको मूल्य २७ हजार ५ सय डलर तोकेकोमा पछि बार्गेनिङ हुँदैजाँदा १० हजार डलरमा कुरो मिलेको थियो । तर बच्चा किनबेच हुन लागेको सुराकीको आधारमा प्रहरीले ती महिला र बच्चा किन्न खोज्ने मानिसलाई पक्राउ गर्यो ।
छोरो बेच्न ठिक्क परेकी ती महिलाको नाम खुलाइएको छैन । ती महिलाले यसअघि पनि आफ्नो छोरालाई राम्ररी पालनपोषण नगरेको र यातना दिएको आरोपमा प्रशासनले २ चोटी चेतावनी दिइसकेको थियो । ती महिलाकी एक छोरी समेत छिन् । जो आमाको खराब व्यवहार सहन नसकेर हजुरआमासँग बस्दै आएकी छिन् ।
आफ्नो छोरो बेच्न खोज्ने ती महिलाविरुद्ध मानव बेचविखनको मुद्धा चलाइएको छ । अदालतले उनलाई दोषी ठहर गरेमा १० वर्षको जेल सजायँ हुनेछ । बेचिनबाट जोगिएका ती बच्चालाई भने स्याहार केन्द्रमा राखिएको छ ।

शरणार्थी शिविरमा आगलागी, झण्डै एक सय घरटहरा ध्वस्त

१९ फागुन, झापा ।
 झापाको बेलडाँगीस्थित भुटानी शरणर्थी शिविरमा आगलागी हुँदा झण्डै १ सयवटा घरटहरा जलेर नष्ट भएका छन् ।
आगलागीबाट करिब २ करोड बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बेलडाँगी-२ सेक्टर-४ रामचन्द्र बाँस्कोटाको छाप्रोबाट करिब १ बजेको समयमा सुरु भएको आगलागी इटहरी, दमक र भद्रपुरबाट आएका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीका कारण झण्डै सात हजार मानिस घरबारविहीन भएको प्रहरीले जनाएको छ । आगालगीको कारण र क्षतिको यकिन विवरण भने अझै आइनसकेको झापा प्रहरीले जनाएको छ ।
यसैबीच क्षतिको मूल्याङ्कन र आगलागीका कारण घरबारविहीन भएका शरणार्थीहरुलाई राहत उपलब्ध गराउने विषयमा छलफल गर्न जिल्ला दैवी प्रकोप उद्धार समिति र सरोकारवालाहरुको संयुक्त बैठक अहिले बसिरहेको छ ।

बम बनाउने सामग्रीसहित युवक पक्राउ

१९ फागुन, दाङ ।
 प्रहरीले दाङको घोराहीबाट बम बनाउन प्रयोग गर्ने विभिन्न सामग्रीसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको ओत गाविस-३ का जसराम बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक गणेश ऐरले पक्राउ परेका युवाकको साथबाट बम बनाउन प्रयाग गरिने डेटोनेटर, जिलेटिन र फ्युजवायर बरामद गरिएको अनलाइनखबरलाई जानकारी दिनुभयो । झोलामा शंकास्पकद बस्तु बोकेर हिँडेको आशंकामा प्रहरीले खानतलासी गर्दा उनको साथबाट ती सामग्री फेला परेको ऐरले बताउनुभयो । स्रोतका अनुसार पक्राउ परेका बुढा पूर्वमाओवादी कार्यकर्ता हुन् ।
उपरीक्षक ऐरले भने उनको माओवादीसँग सम्वद्धता भए/नभएकोबारे स्पष्ट नभएको बताउनुभयो । ‘उनको माओवादीसँग सम्बन्ध छ/छैन भन्ने अहिल्यै भन्न सकिन्न’, ऐरले भन्नुभयो, छानबिन भइरहेको छ ।

संवैधानिक समिति बैठक नौ दिनका लागि स्थगित

१९ फागुन, काठमाडौँ ।
 भावी संविधानका सहमति जुटेका विषय अनुमोदनको क्रममा रहेको संवैधानिक समितिको शुक्रबारको बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि नौ दिनसम्मका लागि स्थगित गरिएको छ । बैठकमा सहमति जुटेका विषयको अनुमोदन तथा विवादित विषयमा सहमति प्रयासमा छलफल भए पनि निर्णय भने आउन सकेन । बैठकमा प्रमुख दलका नेताले शान्ति र संविधानलगायतका विवादित विषयमा सहमति जुटाउने प्रयास शीर्ष नेताको बैठक जारी रहेकाले अहिले नै विवादित विषयमा निर्वाचनमा गइहाल्न नहुने बताएका थिए । संविधानका आधारभूत विषयमा सहति नभई निर्वाचन प्रक्रियामा जाँदा जटिलता थपिने बताएका थिए । यस्तै साना दलका नेताले भने ठूला दलका कारण संविधान लेखनको कार्यतालिका साँघुरिँदै गएको भन्दै गम्भीरु बन्न आग्रह गरेका थिए ।
संविधानसभाको कार्यव्यवस्था परामर्श समितिले विवादित विषयमा सहमति कायम गर्न शनिबारसम्मको समयसीमा उपलब्ध गराएको थियो । दलहरुले सहमति प्रयास गर्ने भन्दै संविधान लेखन कार्यतालिका संशोधन नगरी फागुन १ गतेयता दुईपटक गरी १०/१० दिनको समय मागेका थिए । शान्ति, संविधान र विभिन्न आयोगहरु गठनका लागि जिम्मेवारी बाँडफाँड गरेका दलहरुले अझै सहमति जुटाउन भने सकेका छैनन् । अहिल्यै निर्वाचनको प्रक्रियाबाट विवादित विषयको टुंगो नलगाउन दलहरुबाट सुझाव आएका कारण बैठक आगामी २८ फागुनसम्मका लागि स्थगित गरिएको सभापति नीलाम्बर आचार्यले जानकारी दिनुभयो ।

फागुन अन्तिमसम्ममा विवादको टुंगो लाग्छः प्रधानमन्त्री


१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यही फागुन अन्तिमसम्ममा नयाँ संविधानका सम्पूर्ण विवादित विषयको टुँगो लागिसक्ने बताउनुभएको छ ।
सिन्धुलीको १७ औँ जिल्ला परिषद्को आज सिन्धुलीमाडीमा उद्घाटन गर्दै उहाँले फागुन अन्तिम सातासम्ममा संविधानको खाका तयार भइसक्ने जिकिर गर्नुभयो । संविधान लेखनलगायत विवादित विषयमा सहमति खोज्न भइरहेका छलफल सकारात्म दिशातर्फ उन्मुख भइरहेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री भट्टराईले विभिन्न अवरोध खडा गरिएका कारण सरकारले सोचेजस्तो काम गर्न नसकेको दाबी गर्नुभयो । तर, सरकारको काममा कताबाट अवरोध भएको हो भन्नेबारेमा चाहिँ उहाँले खुलाउनुभएन । प्रधानमन्त्रीले आफ्नै पार्टी, विरोधी र अन्तराष्ट्रिय शक्ति सन्तुलनलाई समेत मिलाएर अगाडि बढ्न सक्नु सरकारको ठूलो सफलता रहेको उल्लेख गर्नुभयो ।
अर्को एक बेग्लै प्रसंगमा उहाँले भ्रष्टाचारलाई क्यान्सरको संज्ञा दिँदै राजनीतिको आडमा भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने चेतावनी दिनुभयो ।