सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, March 2, 2012

शरणार्थी शिविरमा आगलागी, झण्डै एक सय घरटहरा ध्वस्त

१९ फागुन, झापा ।
 झापाको बेलडाँगीस्थित भुटानी शरणर्थी शिविरमा आगलागी हुँदा झण्डै १ सयवटा घरटहरा जलेर नष्ट भएका छन् ।
आगलागीबाट करिब २ करोड बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बेलडाँगी-२ सेक्टर-४ रामचन्द्र बाँस्कोटाको छाप्रोबाट करिब १ बजेको समयमा सुरु भएको आगलागी इटहरी, दमक र भद्रपुरबाट आएका दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीका कारण झण्डै सात हजार मानिस घरबारविहीन भएको प्रहरीले जनाएको छ । आगालगीको कारण र क्षतिको यकिन विवरण भने अझै आइनसकेको झापा प्रहरीले जनाएको छ ।
यसैबीच क्षतिको मूल्याङ्कन र आगलागीका कारण घरबारविहीन भएका शरणार्थीहरुलाई राहत उपलब्ध गराउने विषयमा छलफल गर्न जिल्ला दैवी प्रकोप उद्धार समिति र सरोकारवालाहरुको संयुक्त बैठक अहिले बसिरहेको छ ।

No comments:

Post a Comment