सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, March 2, 2012

फागुन अन्तिमसम्ममा विवादको टुंगो लाग्छः प्रधानमन्त्री


१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यही फागुन अन्तिमसम्ममा नयाँ संविधानका सम्पूर्ण विवादित विषयको टुँगो लागिसक्ने बताउनुभएको छ ।
सिन्धुलीको १७ औँ जिल्ला परिषद्को आज सिन्धुलीमाडीमा उद्घाटन गर्दै उहाँले फागुन अन्तिम सातासम्ममा संविधानको खाका तयार भइसक्ने जिकिर गर्नुभयो । संविधान लेखनलगायत विवादित विषयमा सहमति खोज्न भइरहेका छलफल सकारात्म दिशातर्फ उन्मुख भइरहेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री भट्टराईले विभिन्न अवरोध खडा गरिएका कारण सरकारले सोचेजस्तो काम गर्न नसकेको दाबी गर्नुभयो । तर, सरकारको काममा कताबाट अवरोध भएको हो भन्नेबारेमा चाहिँ उहाँले खुलाउनुभएन । प्रधानमन्त्रीले आफ्नै पार्टी, विरोधी र अन्तराष्ट्रिय शक्ति सन्तुलनलाई समेत मिलाएर अगाडि बढ्न सक्नु सरकारको ठूलो सफलता रहेको उल्लेख गर्नुभयो ।
अर्को एक बेग्लै प्रसंगमा उहाँले भ्रष्टाचारलाई क्यान्सरको संज्ञा दिँदै राजनीतिको आडमा भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने चेतावनी दिनुभयो ।

No comments:

Post a Comment