सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, March 2, 2012

आफ्नै छोरो बेच्न खोज्ने आमा

एउटी आमाको लागि सबैभन्दा प्रिय चिज भनेको आफ्नो सन्तान हुन्छ । तर यो दुनियामा यस्ता निर्दयी आमाहरु पनि छन् जसले आफ्नै सन्तानलाई समेत बेच्न पछि पर्दैनन् । रुसमा यस्तै निर्दयी आमा फेला परेकी छिन् । आफ्नो ५ वर्षको छोरो बेच्न लाग्दा ती महिला रंगेहात पक्राउ परेकी छिन् ।
रुसको सुदुरपूर्वी खाबारोभ्स्क क्षेत्रमा बस्ने एक महिलालाई ३ हजार रुबेल्स अर्थात् झण्डै १० हजार अमेरिकी डलरमा आफ्नो छोरा बेच्न लागेको अवस्थामा पक्राउ गरिएको हो । बच्चा किन्ने मान्छेसँग सुरुमा उनले छोराको मूल्य २७ हजार ५ सय डलर तोकेकोमा पछि बार्गेनिङ हुँदैजाँदा १० हजार डलरमा कुरो मिलेको थियो । तर बच्चा किनबेच हुन लागेको सुराकीको आधारमा प्रहरीले ती महिला र बच्चा किन्न खोज्ने मानिसलाई पक्राउ गर्यो ।
छोरो बेच्न ठिक्क परेकी ती महिलाको नाम खुलाइएको छैन । ती महिलाले यसअघि पनि आफ्नो छोरालाई राम्ररी पालनपोषण नगरेको र यातना दिएको आरोपमा प्रशासनले २ चोटी चेतावनी दिइसकेको थियो । ती महिलाकी एक छोरी समेत छिन् । जो आमाको खराब व्यवहार सहन नसकेर हजुरआमासँग बस्दै आएकी छिन् ।
आफ्नो छोरो बेच्न खोज्ने ती महिलाविरुद्ध मानव बेचविखनको मुद्धा चलाइएको छ । अदालतले उनलाई दोषी ठहर गरेमा १० वर्षको जेल सजायँ हुनेछ । बेचिनबाट जोगिएका ती बच्चालाई भने स्याहार केन्द्रमा राखिएको छ ।

No comments:

Post a Comment