सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, March 2, 2012

संवैधानिक समिति बैठक नौ दिनका लागि स्थगित

१९ फागुन, काठमाडौँ ।
 भावी संविधानका सहमति जुटेका विषय अनुमोदनको क्रममा रहेको संवैधानिक समितिको शुक्रबारको बैठक पनि बिनानिष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि नौ दिनसम्मका लागि स्थगित गरिएको छ । बैठकमा सहमति जुटेका विषयको अनुमोदन तथा विवादित विषयमा सहमति प्रयासमा छलफल भए पनि निर्णय भने आउन सकेन । बैठकमा प्रमुख दलका नेताले शान्ति र संविधानलगायतका विवादित विषयमा सहमति जुटाउने प्रयास शीर्ष नेताको बैठक जारी रहेकाले अहिले नै विवादित विषयमा निर्वाचनमा गइहाल्न नहुने बताएका थिए । संविधानका आधारभूत विषयमा सहति नभई निर्वाचन प्रक्रियामा जाँदा जटिलता थपिने बताएका थिए । यस्तै साना दलका नेताले भने ठूला दलका कारण संविधान लेखनको कार्यतालिका साँघुरिँदै गएको भन्दै गम्भीरु बन्न आग्रह गरेका थिए ।
संविधानसभाको कार्यव्यवस्था परामर्श समितिले विवादित विषयमा सहमति कायम गर्न शनिबारसम्मको समयसीमा उपलब्ध गराएको थियो । दलहरुले सहमति प्रयास गर्ने भन्दै संविधान लेखन कार्यतालिका संशोधन नगरी फागुन १ गतेयता दुईपटक गरी १०/१० दिनको समय मागेका थिए । शान्ति, संविधान र विभिन्न आयोगहरु गठनका लागि जिम्मेवारी बाँडफाँड गरेका दलहरुले अझै सहमति जुटाउन भने सकेका छैनन् । अहिल्यै निर्वाचनको प्रक्रियाबाट विवादित विषयको टुंगो नलगाउन दलहरुबाट सुझाव आएका कारण बैठक आगामी २८ फागुनसम्मका लागि स्थगित गरिएको सभापति नीलाम्बर आचार्यले जानकारी दिनुभयो ।

उपसमितिले सहमति जुटाएको संविधानको प्रस्तावनामा नभई ब्याख्यात्मक टिप्प्णीमा मात्र जनयुद्ध शब्द उल्लेख गर्ने, १८ वर्ष उमेर पुगेका नागरिकले मात्र मताधिकार प्रयोग गर्ने पाउने तथा १८ वर्ष पुगेका हरेक युवाले अनिवार्य सैनिक तालिक लिुनुनपर्ने विषयमा माओवादी वैद्य पक्षले पुनः असहमित जनाएपछि ती विषय अनुमोदन हुन सकेका छैनन् । दलहरुबीच राज्य पुनर्संरचना, साशकीय स्वरुप, निर्वाचन प्रणाली रलगायतका विषयमा अझै विवाद छ ।

No comments:

Post a Comment