सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, May 31, 2012

न्यायधीश रणबहादुर बमको गोली हानी हत्या

काठमाडौं, जेठ १८ । 
अज्ञात समुहको गोली प्रहारबाट गम्भीर घाईते हुनुभएका सर्वोच्च अदालतका न्यायधीश रणबहादुर बमको उपचारको क्रममा निधन भएको छ ।

काठमाडौंको शंखमुलमा आज विहान करिव ११ बजे अज्ञात समुहले प्रहार गरेको गोली लागी गम्भीर घाईते हुनुभएका न्याधीश बमको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको डा.भरत रावलले जानकारी दिनुभयो । उहाँको च्यापु, घाँटी, छाति र हातमा गरी ४ ठाउँमा गोली लागेको थियो ।

बा ८ च ९८५३ नम्बरको कारमा सवार न्यायधीश बम सहित उहाँका अंग रक्षक महेश गिरी र हास्य अभिनेता दिपकराज गिरीका बुबा राम गिरी सहित तीन जनामाथि गोली प्रहार भएको थियो ।

सर्वोच्चले सरकारलाई सोध्यो चुनाव किन ?

काठमाडौ, जेष्ठ १८ - 
suprime court सर्वोच्चले सरकारलाई भनेको थियो- 'जेठ १४ भित्र संविधान जारी नभए कि चुनाव गर्नू, कि जनमत संग्रह गर्नू कि उपयुक्त प्रबन्ध मिलाउनू ।'
सर्वोच्चको त्यही आदेशअनुसार दलहरूले संविधानसभाको म्याद थपेनन् र जेठ १४ को मध्यराति त्यो भंग भयो । अनि प्रधानमन्त्रीले सर्वोच्चको आदेशअनुसारै चुनाव घोषणा गरे । तर त्यही घोषणाविरुद्ध परेको रिटमा सर्वोच्चले सरकारलाई सोधेको छ, चुनाव घोषणा गर्नु पर्नाको कारण के हो ? न्यायाधीश ताहिर अली अन्सारीको इजलासको उक्त आदेशअनुसार अब सरकारले १० दिनभित्र यसको लिखित जवाफ अदालतमा पेस गर्नुपर्ने छ । अन्सारीको इजलासले 'विषयवस्तुको गाम्भीर्य, राष्ट्रिय सरोकार र संवैधानिक महत्त्वलाई' विचार गरी रिटको अन्तिम टुंगोका लागि विशेष इजलास गठन गर्न प्रधानन्यायाधीशको ध्यानाकर्षण पनि गराएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीसहितको विशेष इजलासले मंसिर ९ गते संविधान बने पनि नबने पनि जेठ १४ पछि संविधानसभाको म्याद थप्न नमिल्ने आदेश जारी गरेको थिया । उक्त आदेशअनुसारै संविधानसभाको आयु सकिएको थियो । त्यो सकिनु केही मिनेटअघि प्रधानमन्त्रीले बालुवाटारमा पत्रकार सम्मेलन गरी अर्को संविधानसभाको चुनाव मंसिर ७ गते गर्ने घोषणा गरेका थिए । यो घोषणा सर्वोच्चको आदेशअनुसारै भएको उनको जिकिर थियो ।

एमाले स्थायी समितिको बैठक आज बस्दै

१८ जेठ, 
काठमाण्डौं । पार्टी भित्र उत्पन्न पछिल्लो गतिविधिका बारेमा छलफल गर्न एमाले स्थायी समितिको बैठक बिहीबार बस्दैछ । दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठकमा संविधान सभा भंग भएपछिको अवस्थाका साथै तत्काल केन्दि्रय समितिको बैठक बोलाई पार्टी भित्रको अन्तर विरोधलाई साम्य पार्ने उपायहरुको खोजी गर्ने नेताहरुले जानकारी दिएका छन ।
एमालेमा आदीवासी जनजाति र मधेशी समुदायका नेताहरुले एकपछि अर्को गर्दै पार्टी परित्याग गर्न थालेपछि संकट उत्पन्न भएको छ । एमालेबाट उपाध्यक्ष अशोक राईसहितका नेताहरुले पाटी परित्याग गरि नयाँ पार्टी खोल्ने तयारी गरिरहेका छन । सभासद् तथा जनजाति नेता पासाङ शेर्पाले पार्टी परित्याग गरिसक्नु भएको छ भने विजय सुव्वा राईले बुधबार पत्रकार सम्मेलनमार्फत पार्टीमा नरहेको घोषणा गर्नुभएको थियो ।

भयानक साइबर हमलाको पर्दाफास

एक रुसी सुरक्षा कम्पनीले एउटा यस्तो जटील साइबर हमला पत्ता लगाएको छ जसबाट इरान तथा इजरायल जस्ता देशका निजी सूचनाहरु चोरी  भैरहेका थिए ।
रुसी सुरक्षा कम्पनी को क्यास्पेरस्की ल्याब्सले फ्लेम नामको कम्प्युटर प्रोग्राम मार्फत सन् २०१० देखि यस्तो साइबर हमला जारी रहेको खुलासा गरेको छ । कम्पनीले फ्लेम अहिलेसम्मकै सबैभन्दा जटील साइबर हमला भएको समेत बताएको छ । इसभन्दा पहिले स्टक्सनेट नामको एक भाइरसमार्फत इरानको परमाणु कार्यक्रमलाई निसाना बनाइएको थियो ।
क्यास्पेरस्की का भाइरस विशेषज्ञ विताली कामलुकका अनुसार फ्लेममार्फत संवेदनशील सूचना एकत्रित गर्ने काम भैरहेको छ । साथै यसले नेटवर्कमा हुने कामको जासुसी गर्ने, स्त्रिmनको चित्र लिने, अडियो कुराकानी रेकर्ड गर्ने तथा किबोर्डमा निगरानी गर्ने लगायतका काम गर्ने गरेको छ । यस्तो साइबर हमला ६ सय भन्दा बढि स्थानहरुमा भैसकेको र त्यसमा आम सर्वसाधारण देखि लिएर व्यवसायिक स्थल, शिक्षण संस्थान तथा सरकारी कार्यालय समेत परेका छन् ।
फ्लेमको आकारप्रकार तथा क्षमता हेर्दा यो कुनै साइबर अपराधीले नभै कुनै देशको सरकारी संयन्त्रले जासुसीका लागि तयार पारेको हुनसक्ने रुसी विज्ञहरुको दाबी छ । यस्तो साइबर आक्रमण इरान, इजरायल सँगै सूडान, सिरिया, लेवनान, साउदी अरेयिबा तथा इजिप्ट लगायतका देशमा लक्षित छ । तर यस्तो साइबर अपराध कुन साइबर अपराधी वा जासुसी निकायले गरेको हो त्यो भने पत्ता लाग्न सकेको छैन । एजेन्सी

Wednesday, May 30, 2012

डिभोर्स गराउने होटल

होटलमा मान्छे खानपिन गर्न जान्छ । तर नेदरल्याण्डमा भने यस्तो होटल खुलेको छ जसमा मान्छे खानपिन गर्नका लागि होइन डिभोर्स गर्नका लागि जान्छन् ।
डिभोर्स होटल नाम दिइएको उक्त होटलले बेखुस दम्पतिहरुको सम्बन्ध विच्छेद गराउने काम गर्छ । उक्त होटलको बाहिरै लेखिएको छ, ‘विवाहबाट बेखुस जोडी शनिवारको दिन यहाँ आउनुहोस् र आइतबार हाँसीखुसी सम्बन्ध विच्छेदको कागज लिएर जानुस् ।
’होटलमा मान्छे खानपिन गर्न जान्छ । तर नेदरल्याण्डमा भने यस्तो होटल खुलेको छ जसमा मान्छे खानपिन गर्नका लागि होइन डिभोर्स गर्नका लागि जान्छन् ।
डिभोर्स होटल नाम दिइएको उक्त होटलले बेखुस दम्पतिहरुको सम्बन्ध विच्छेद गराउने काम गर्छ । उक्त होटलको बाहिरै लेखिएको छ, ‘विवाहबाट बेखुस जोडी शनिवारको दिन यहाँ आउनुहोस् र आइतबार हाँसीखुसी सम्बन्ध विच्छेदको कागज लिएर जानुस् ।