सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, May 31, 2012

न्यायधीश रणबहादुर बमको गोली हानी हत्या

काठमाडौं, जेठ १८ । 
अज्ञात समुहको गोली प्रहारबाट गम्भीर घाईते हुनुभएका सर्वोच्च अदालतका न्यायधीश रणबहादुर बमको उपचारको क्रममा निधन भएको छ ।

काठमाडौंको शंखमुलमा आज विहान करिव ११ बजे अज्ञात समुहले प्रहार गरेको गोली लागी गम्भीर घाईते हुनुभएका न्याधीश बमको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको डा.भरत रावलले जानकारी दिनुभयो । उहाँको च्यापु, घाँटी, छाति र हातमा गरी ४ ठाउँमा गोली लागेको थियो ।

बा ८ च ९८५३ नम्बरको कारमा सवार न्यायधीश बम सहित उहाँका अंग रक्षक महेश गिरी र हास्य अभिनेता दिपकराज गिरीका बुबा राम गिरी सहित तीन जनामाथि गोली प्रहार भएको थियो ।


न्यायधीश बमका अंगरक्षकको हाल नर्भिक अस्पताल, काठमाडौं र राम गिरीको अल्का अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

घटनास्थलमा ५ वटा गोलीका खोका र ‘अमर नेपाल’ नामक पार्टीको पर्चा समेत भेटिएको थियो । यो पार्टीको नाम भने पहिलो पटक सार्वजनिक भएको प्रहरीले जनाएको छ ।

घाईते अवस्थामा बमलाई कामचलाउ प्रधानमन्त्री डा.बाबुराम भट्टराई, गृहमन्त्री विजयकुमार गच्छादर, प्रधानन्यायधीस खिलराज रेग्मी लगायत सुरक्षा अधिकारीहरुले भेट गरेका थिए । न्याधिश बम बंगलामुखि दर्शन गरी कार्यालय तर्फ जाँदै गर्दा आक्रमणमा पर्नु भएको थियो ।

गृहमन्त्री गच्छादरले बमलाई गोलि हान्ने अपराधी र त्यसमा प्रयोग भएको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिइसकेको बताउनुभएको छ । यसका थप पुष्टि विवरण भने अझै खुलाइसकेको छैन ।

न्याय परिषद्ले बममाथि महाअभियोग लगाउन सिफरिस गरेपछि उहाँले लामो समयदेखि काग काज सम्हाल्नुभएको थिएन ।

No comments:

Post a Comment