सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, July 6, 2012

लडाकूको उमेर विवादले सबै शिविरमा भर्ना स्थगित


२२ असार, काठमाडौं । उमेर विवादलाई लिएर लडाकूहरु आन्दोलनमा उत्रिएपछि सवै शिविरमा भर्ना प्रक्रिया स्थगित भएको छ । समायोजन भनिएपनि नियमित भर्ना जस्तै भएको तथा अन्मिनले गरेको उमेर प्रमाणिकरणलाई मान्यता नदिएको भन्दै लडाकूहरु आन्दोलनमा उत्रिएका छन् ।
सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीलेे समायोजनमा जान चाहने लडाकूहरुको उमेरबारे समस्या देखिएपछि सबै शिविरमा हाललाई भर्ना छनोट प्रक्रिया स्थगित गरिएको बताउनुभयो । ‘उमेरबारे धेरै नै समस्या देखिएपछि हाललाई छनोट भर्ना प्रक्रिया स्थगित गरिएको छ’ प्रवक्ता क्षेत्रीले अनलाइनखबरसँग भन्नुभयो-’सरकारसँग छलफल भइरहेको छ, यसबारे ठोस सहमति नभई प्रक्रिया सुरु हुँदैन ।’
झण्डै २० प्रतिशत लडाकूको नागरिकता र अन्मिनको प्रमाणिकरणमा रहेको जन्ममिति फरक परेपछि विवाद देखिएको दोस्रो डिभिजनका भाइस कमाण्डर संजिबले जानकारी दिनुभयो । अन्मिनको प्रमाणिकरणलाई मान्ने भनिएपनि सेनाले नागरिकताका आधारमा लडाकूमा भर्ना भएको समयमा १८ वर्ष उमेर पुगेकालाई मात्र समायोजनको छनोट भर्नामा सहभागी गराउने बताएको छ ।
आन्दोलनमा उत्रिएका लडाकूहरुले भने अन्मिनले गरेको प्रमाणिकरणलाई नै मान्नु पर्ने अडान लिएका छन् । उनीहरुले उनीहरुले सात बुँदे समझदारी खारेज गरि नयाँ समझदारी गर्नुपर्ने, सेना समायोजन सम्मानजनक हुनुपर्ने, अवकाशमा जाने लडाकूलाई एकमुष्ठ रकम दिनुपर्ने र शिविरभित्रको हिसाव किताव सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । ‘हाम्रा माग पुरा नभएसम्म यो प्रकृयामा सहभागी हुँदैनौं’ आन्दोलनमा बसिरहेका तेस्रो डिभिजन अन्तरगतको प्रताप स्मृति बिग्रेडका प्लाटुन कमाण्डर पर्शुराम भट्टले अनलाइनखबरसँग भन्नुभयो-’यो समायोजन हैन, नितान्त भर्ना प्रकृया हो यसमा हामी सहमत हुन सक्दैनौं, आत्मसमर्पण गर्दैनौं ।’
आन्दोलनमा उत्रिएका लडाकूहरुले समायोजन भनिएपनि नियमित भर्ना जस्तै भएको र आत्मसमर्पण गराउन खोजिएको आरोप समेत लगाएका छन् ।

No comments:

Post a Comment