सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, July 6, 2012

आयल निगमले पेट्रोलको मूल्य तत्काल नघटाउने


२२ असार, काठमाडौं । नेपाल आयल निगमले तत्काल पेट्रोलको मूल्य नघटाउने भएको छ ।
जुलाई १ को मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ नाफा भएपनि फेरि अन्तराष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले तत्काल समायोजन नगर्ने बताएको हो ।
शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउनेबारे कुनै निर्णय गर्न सकेन् । यसअघि निगममा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाउने तयारी गरेको थियो । निगमका निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवालले अनलाइनखबरसँग भन्नुभयो-’अहिले फेरि अन्तराष्ट्रिय बजारमा मूल्य बढेकाले केही दिन हेर्छौं । जुलाई १६ को मूल्यसूची आएपछि यसबारे निर्णय हुन्छ ।’
निगमका प्रवक्ता मुकुन्द ढुंगेलले भन्नुभयो-’शुक्रबार अन्तराष्ट्रिय बजारमा प्रति ब्यारेल कच्चा तेलको मूल्य १ सय डलर नाघिसक्यो, यस्तै हो भने १६ तारिखमा नयाँ मूल्य सूची आउँदा घाटा हुने अबस्था आउनसक्छ ।’
तत्काल मटि्टतेल र पेट्रोलमा नाफा देखिएपनि खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय ५९ रुपैयाँ घाटा रहेकाले बाहिर आएजस्तो निगम नाफा नरहेको ढुंगेलले बताउनुभयो 

No comments:

Post a Comment