सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, July 5, 2012

लडाकूहरुद्धारा सिन्धुलीमा भर्ना छनोट प्रक्रिया अवरुद्ध


२१ असार, काठमाडौं ।
 समायोजन प्रक्रिया नयाँ भर्ति जस्तो भएको भन्दै लडाकूहरुले सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनमा भर्ना छनोट प्रक्रिया अवरुद्ध पारेका छन् ।
व्रिगेड कमाण्डर निर्मल लामासहितका लडाकूहरुले विभिन्न चार बुँदे माग राख्दै बिहीबारबाट सुरु भएको छनोट भर्ना प्रक्रिया अवरुद्ध पारेका हुन् ‘समायोजन भनिएपनि व्यवहारमा नयाँ भर्ना जस्तो भयो’ वि्रगेड कमाण्डर लामाले अनलाइनखबरसँग भन्नुभयो-’व्यवहारमा यो सेनामा विलय हुने र लडाकूहरुलाई आत्मासमर्पण गराउने काम भयो ।’
उनीहरुले स्वेच्छिक अबकासमा जाने लडाकूहरुलाई अबकास बापत दिने रकमको चेक वितरणको मिति तत्काल तोक्नु पर्ने, सम्पूर्ण रकम एकमुष्ट दिनु पर्ने, रकम शिविरमा नै उपलब्ध गराउनु पर्ने र भर्ना प्रक्रियामा उमेर हदवन्दी प्रष्ट पार्नु पर्ने माग अघि सारेका छन् । लामाले भन्नुभयो-’हामीले हाम्रा चारबुँदे माग भाइसकमाण्डर सन्जिब समक्ष राखेका छौं, यो पूरा नभएसम्म प्रक्रिया अघि बढ्न दिनौं ।’ लामाले आफूहरुको पक्षमा शिविरमा रहेका ७५ प्रतिशत लडाकू रहेको दावी समेत गरेका छन् ।
रोल्पामा भोलिबाट
पाँचौ डिभिजन रोल्पामा भने भोलिबाट मात्र भर्ना छनोट प्रक्रिया सुरु हुने भएको छ । आन्तरिक तयारी नपुगेकाले भर्ना छनोट प्रक्रिया बिहीबारबाट सुरु हुन नसकेको बताइएको छ । अन्य ५ बटा शिविरमा भने भर्ना छनोट प्रक्रिया जारी छ । भर्ना छनोट प्रक्रिया सुरु भएपछि विदामा घर गएका लडाकूहरु शिविरमा र्फकन थालेका छन् ।

No comments:

Post a Comment