२१ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीबार भएको भेटमा उहाँहरूबीच नयाँ बजेट, संविधान निर्माण र वर्तमान राजनीतिक सङ्कट समाधान गर्ने विषयमा छलफल भएको थियो । राजनीतिक संकट समाधानबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको एमाले वरिष्ठ नेता नेपालले जानकारी दिनुभयो ।
भेटमा नेता नेपालले बजेट राजनीतिक सहमतिमा नै ल्याउनुपर्ने र सबै राजनीतिक दलले अपनत्व गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले वर्तमान सरकारको बहिर्गमनपछि मात्रै राजनीतिक अवस्था समाधान हुने बताउनु भएको छ
No comments:
Post a Comment