
राजतन्त्र अन्य भएको झण्डै ६ वर्षपछि मुख खोलेका पूर्व राजा ज्ञानेन्द्र शाहले भन्नुभयो-’बुँदाहरु धेरै थिएनन, स्पष्ट थियो, जे जे उहाँहरुले माग्नु भएको थियो मैले पुरा गरिदिएँ । संसद पुनःस्थापना गर्नु पर्ने, राजनीतिक दलहरुबाटै एक जनालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने, संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र हुनु पर्ने यस्तै यस्तै थियो, त्यो दिन मलाई अफ्ठ्यारो पनि थिएन ।’
दलहरुले २०६३ साल वैशाख ११ गते सम्झौता ३/४ बुँदे रहेको र त्यो अहिले खोजे भेटिनसक्ने बताउनु भयो । आठौं दलका रुपमा माओवादी आएपछि सम्झौता कार्यान्वयन नभएको उहाँको भनाई छ । सम्झौता गर्ने नेताहरु अहिले पनि नेपाली राजनीतिमा रहेको भन्दै उहाँले किन कार्यान्वयन भएर भनेर जनताले हर्ने बताउनु भयो ।
सरकारले मंसिर ७ गते चुनाव घोषणा गरेको अवस्थामा ज्ञानेन्द्र शाहको कुनै दल देख्न सकिन्छ भन्ने प्रश्नमा उहाँले आफू बाँचुन्जेल कुनै दल नखोल्ने तर, मरेपछि कसैले खोल्न सक्ने बताउनु भयो । उहाँले भन्नुभयो-म बाँचुन्जेल त हुन्न होला । म मरेपछि अरुले गर्छ कि मलाई थाहा छैन ।’
बीबीसी नेपाली सेवाले प्रशारण गरेको न्यूज २४ टेलिभिजनका लागि दिएको अन्तरवार्तामा पूर्व राजा ज्ञानेन्द्रले आफू सक्रिय राजनीतिमा नआउने बताउनु भयो । पूर्व राजा ज्ञानेन्द्र शाह राजा भएर अभिभावकको भूमिका निर्वाह गर्न चाहनु हुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’हो, यो सबैभन्दा उपयुक्त हो ।’ पूर्व राजा ज्ञानेन्द्र शाहले दलका नेताहरु विदेश शक्तिबाट संचालित भएको आरोप समेत लगाउनु भयो ।
No comments:
Post a Comment