सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, July 7, 2012

छिमेकीको कुटाइबाट मृत्यु


२३ असार, कञ्चनपुर । 
पानीको हृयान्डपम्प प्रयोग गर्ने विषयमा विवाद हुँदा कञ्चनपुरको दैजी-९ का ३५ वर्षीय जनकु चौधरीको छिमेकीको कुटाइबाट मृत्यु भएको छ ।
घर छेउ गाडिएको खानेपानीको हृयान्डपम्प प्रयोग गर्ने विषयमा गत आइतबार छिमेकी रामदिलले जनकुलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चौधरीलाई आफन्तले कैलालीको सेती अञ्चल अस्पतालमा भर्ना गरेका थिए ।
थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाने व्यवस्था मिलाउादै गर्दा शनिबार बिहानै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।
कुटपिटमा संलग्न रामदिललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । रासस

No comments:

Post a Comment