सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, July 7, 2012

चुनाव नौटङ्की मात्र होः खनाल


२३ असार, जनकपुरधाम ।
 नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीद्वारा घोषित मङ्सिर ७ गतेको निर्वाचन नौटङ्कीमात्र भएको बताउनुभएको छ ।
मङ्सिर ७ गते चुनाव हुने कुनै लक्ष्यण नभएको भन्दै चुनाव घोषणा दम्भ प्रदर्शन र सत्तामा बसिरहने षड्यन्त्र भएको आरोप पनि लगाउनुभयो ।
जनकपुर अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा खनालले राष्ट्रिय सहमतिको विकल्प नभएको अवस्थामा प्रधानमन्त्रीद्वारा स्वेच्छाचारी ढङ्गले संविधानविरोधी कदम चाल्नुले राजनीतिक, संवैधानिक र आर्थिक सङ्कट उत्पन्न भएको बताउनुभयो ।
उहाँले मधेसी मोर्चाका नेताहरुबाट अघि सारिएको एक मधेस, एक प्रदेशको अवधारणा राष्ट्रलाई विभाजित गर्ने घातक एवम् प्रायोजित अवधारणा भएको पनि आरोप लगाउनुभयो । रासस

No comments:

Post a Comment