सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, July 7, 2012

पूर्वराजा ज्ञानेन्द्रले मनाए ६६ औं जन्मोत्सव (फोटो फिचरसहित)


२३ असार, काठमाडौं ।
 पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो सुभेक्षुक तथा समर्थकसँग आफ्नो ६६ औं जन्मोत्सव मनाउनु भएको छ ।
ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिन निर्मल निबासमा विहानैबाट समर्थक तथा सर्वसाधरणको भिड लागेको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेता कार्यकर्ता र शिव सेना नेपालका कार्यकर्ता समेत निर्मल निवास पुग्नु भएको थियो ।
विभिन्न प्ले कार्ड तथा झाँकीसहित पुगेका उनीहरुले श्री पाँच बडामहाराजधिराज भनि सम्वोधन गरेका थिए भने राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र आफैले शुभकामना लिँदै सर्वसाधारणका कुरा समेत सुन्नु भएको थियो ।
निर्मल निबास पुगेका सञ्चारकर्मीहरुसँग भने पूर्व राजाले कुनै प्रतिक्रिया दिन मान्नु भएन । उहाँका सहयोगी फणिराज पाठकले पूर्व राजाको पछिल्लो भनाई नै सही भएको बताउनु भयो । एक अन्तरवार्तामा ज्ञानेन्द्रले जनआन्दोलनका क्रममा तत्कालिन ७ दलसँग राजतन्त्र राख्ने सम्झौता भएको भन्दै पुनः राजा हुने इच्छा व्यक्त गर्नु भएको थियो ।

No comments:

Post a Comment