सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, July 4, 2012

खाल्डोमा डुबेर ४ बालबालिकाको मृत्यु, २ घाइते

२० असार, कैलाली ।
 कैलालीको फूलबारी गाविस-१ टाउन प्लानको खाल्डोमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बहुलियाका अनुसार घर नजिकै खाल्डोमा नुहाइरहेको अवस्थामा डुबेर उनीहरुको मृत्यु भएको हो । डुबेर मृत्यु हुनेमा नौ वर्षका राम भाट, छ वर्षका लक्ष्मण भाट, नौ वर्षका गोपी दमाई र सात वर्षकी शर्मिला विक रहेकी छिन् ।
डुबेर दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दीपा भाट र हरिस भाट रहेका छन् । मृत्यु हुने राम भाट र लक्ष्मण भाट तथा घाइते हुने दीपा र हरिस सबै दाजुभाइ/दिदीबहिनी रहेको सीमा प्रहरी कार्यालय बहुलियाका प्रमुख हरिस चन्दले बताउनुभयो । घाइतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment