२० असार, काठमाण्डौ ।
नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रिय सहमतिविना आउने बजेट आफूहरुलाई मान्य नहुने वताउनुभएको छ । वैद्यले कामचलाउ सरकारले सहमतिविना अध्यादेशवाट बजेट ल्याउन नमिल्ने भन्दै आंशिक बजेटका लागि पनि राष्ट्रिय सहमति अपरिहार्य भएको वताउनुभयो ।

सहमतिका आधारमा पूर्णआकारको बजेट ल्याउनका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिएको कमर्शको टोलीले अध्यक्ष वैद्यलाई भेटेर सहमतिमा पूर्ण आकारको बजेट ल्याउनका लागि पहल गर्न आग्रह गरेको थियो । कमर्शले बजेटमा ढिलाई गरे मुलुकको विकास र संबृद्धि एकसाथ वढ्न नसक्ने भन्दै बजेटमा सहमति जुटाउन आग्रह गरेको थियो ।
No comments:
Post a Comment