सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, July 4, 2012

कामचलाउले राजीनामा दिन्न भन्नु मूर्खतापूर्ण : ओली


१९ असार, झापा । नेकपा एमालेका नेता केपी शर्मा ओलीले सहमतिका लागि प्रधानमन्त्री डा वावुराम भट्टराईले बाटो खुला गर्नु पर्ने वताउनुभएको छ । मंगलवार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ओलीले सहमतिका लागि बाटो खोल्नु पर्नेमा कामचलाउ सरकारका प्रधानमन्त्रीले उल्टै राजीनामा दिन्न भन्नु मूखर्तापूर्ण कार्य भएको आरोप लगाउनुभयो ।
ओलीले प्रधानमन्त्री भट्टराईले षडयन्त्रमुलक ढंगले संविधान सभा विघटन गरेर राजनीतिक तथा संवैधानिक संकट उत्पन्न गराएको आरोप लगाउनुभयो । ओलीले असंवैधानिक तरिकाले सरकारले घोषणा गरेको नयाँ निर्वाचन हुन नसक्ने वताउनुभयो ।  ओलीले कामचलाउ सरकारलाई लम्ब्याउन नहुने भन्दै राष्ट्रिय सहमतिका आधारमा नयाँ सरकार गठन गर्नु पर्ने वताउनुभयो । उहाँले भन्नुभयो,’कामचलाऊ सरकारलाई धेरै लम्ब्याउनु हुँदैन । देशमा जारी संकटलाई टार्नु पर्छ। त्यसैले अब नयाँ सरकार गठन गर्नु पर्छ ।’

नेता ओलीले दलहरुको सहमतिमा नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरी देशलाई संकटवाट बचाउनु पर्ने वताउनुभयो । ओलीले राष्ट्रिय सहमतिको विकल्प नरहेको भन्दै काँग्रेसलाई छिटो प्रधानमन्त्रीको उम्मेदवार छान्न आग्रह गर्नुभयो ।

No comments:

Post a Comment