सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, July 4, 2012

गम्भीर भएर अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

२० असार, काठमाण्डौ ।
 प्रधानमन्त्री डा वावुराम भट्टराईले सरकारका सेवा निवृत्त कर्मचारीहरुलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले भट्टराईले सरकार सार्वजनिक प्रशासनको सुधारका लागि एकचित्त भएर अघि वढेकोले ढुक्क भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नु भएको हो ।
नेपाल सरकारका सेवा निवृत्त मुख्यसचिव, सचिव र विशिष्ट श्रेणीका पदाधिकारीसँग वुधवार विहान सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा भट्टराईले सरकारले सेवानिवृत्त पदाधिकारीको अनुभव, ज्ञान, सीप र दक्षतालाई मुलुकको सार्वजनिक सेवाको प्रभावकारिताका लागि उपयोग गर्न आवश्यक प्रयास थालेको वताउनुभयो । उहाँले स्थायी सरकारका रुपमा रहेको सार्वजनिक प्रशासनको महत्व सङ्क्रमणकालमा अझ बढी भूमिका हुने भएकाले मुलुकको परिस्थितिलाई हेरेर गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यसचिव माधवप्रसाद घिमिरेले सेवानिवृत्त कर्मचारीबीच सद्भाव, सहयोग र सहकार्य गर्ने तथा उनीहरूबाट देशको सार्वजनिक प्रशासनको क्षेत्रमा पुगेको योगदानको सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव जयमुकुन्द खनालले सेवानिवृत्त विशिष्ट श्रेणीका कर्मचारीको अनुभवबाट राष्ट्रले लाभ उठाउनुपर्नेमा जोड दिनुभयो । सरकारले मुलुकको सार्वजनिक प्रशासनको उच्च तहमा पुगेका र दीर्घसेवा गरेका कर्मचारीसँग उनीहरूको अनुभवलाई राष्ट्रको सार्वजनिक प्रशासनको विकासमा उपयोग गर्न यस्तो प्रयास थालेको हो ।

No comments:

Post a Comment