१८ असार, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री डा.बाबुराम भट्टराई देशलाई लुट्न र लुटाउन सक्रिय रहेको आरोप लगाउँदै जतिसक्दो छिटो हटाउन सडक आन्दोलनमा उत्रिने बताउनुभएको छ । राजधानीमा संयुक्त किसान आन्दोलन समितिले गरेको पत्रकार सम्मेलनमा उहाँले भट्टराईले नैतिकताका आधारमा राजीनामा नदिए घेराबन्दी गरेर हटाइछाड्ने चेतावनी दिए ।

किसानले पनि बालुवाटार घेर्ने
अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका एमाले नेता गौतमले किसानलाई अत्याचार गरेर सरकारले आˆनो हैसियत पुष्टि गरेको आरोप लगाउँदै देशभरका किसानहरु एकजुट भएर बालुवाटार घेर्ने चेतावनी पनि दिनुभयो । असारको तेश्रो हप्ता भइसक्दा पनि मल उपलब्ध गराउन नसक्नुका पछाडि ‘मुलुकमारा’ र ‘जनतामारा’ नीति रहेको उहाँको आरोप थियो ।
बदनाम र अनियमितताको आरोप खेपेको भारतीय कम्पनी इन्डियन पोटासियम लिमिटेडलाई पुनः मल ल्याउने जिम्मेवारी दिनुभित्र करोडौंको खेल रहेको उहाँले दावी गर्नुभयो । ‘कम तौलको बोरा राखेर मल भित्राएपछि अख्तियारले दोषी ठहर्याएको कम्पनीलाई पुनः जिम्मेवारी दिनु देशलाई ठाडै लुटाउनु हो’ गौतमले भन्नुभयो -’आफूहरु किसान ठगिएको चुपचाप सहन नसक्ने भएकाले देश नै ठप्प पार्नेगरी आन्दोलनको आँधीबेहरी ल्याउँछौं ।’
नेपाल किसान संघका सभापति भानु सिग्देलले मल दिन नसक्ने प्रधानमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताउनुभयो । सरकार ढालिछाड्ने गरी आन्दोलन छेड्ने उहाँको दाबी थियो ।
नेपाल किसान संघका सभापति भानु सिग्देलले मल दिन नसक्ने प्रधानमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताउनुभयो । सरकार ढालिछाड्ने गरी आन्दोलन छेड्ने उहाँको दाबी थियो ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका सचिव धनबहादुर महर्जनले सरकार कालोबजारीहरुको नियन्त्रण र प्रभावमा परेको आरोप लगाउनुभयो । किसान नेताहरुले तत्काल मलको बन्दोबस्त गर्नुपर्न, कालोसूचीको कम्पनिलाई मल भित्राउने जिम्मेवारी दिने निर्णय फेर्नुपर्ने, मललगायत कृषिजन्य वस्तुहरुमा पर्याप्त व्यवस्था गर्नुपर्ने, बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।
No comments:
Post a Comment