१८ असार, काठमाण्डौ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आइतवारको फैसलाले पूर्ण बजेट ल्याउन सरकारलाई बाटो खुला गरिदिएको बताउनुभएको छ ।

महासंघका प्रतिनिधिहरुले मुलुक आर्थिक हिसावले जटिल अबस्थामा रहेकाले राजनीतिक सहमतिका आधारमा सकेसम्म चाँडो पूर्ण आकारको बजेट ल्याउन माग गरेका थिए । आफुहरुले अन्य मुख्य दलका शीर्ष नेताहरुसँग पनि छलफल गरेको भन्दै महासंघका प्रतिनिधिहरुले आर्थिक बिषयमा न्यूनतम राष्ट्रिय सहमति तयार गर्नेतर्फ पहल गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
भेटपछि महासंघ अध्यक्ष सुरज बैद्यले भन्नुभयो- हामीले पूर्ण र कार्यन्वयन गर्न सकिने बजेट ल्याउन ध्यानाकर्णष गराएका छौं, अध्यक्षले सकरात्मक जवाफ दिनुभएको छ ।’ यसअघि कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग भेटेका महासंघ अध्यक्ष वैद्यले भन्नुभयो- ‘पूर्ण आकारको बजेट आउनुपर्छ भन्नेमा सवै सहमत हुनुहुन्छ ।’
भेटमा सहभागी अर्थमन्त्री बर्षमान पुनले पनि सरकार पूर्ण आकारको बजेट ल्याउने तयारीमा रहेको जानकारी गराउनुभएको थियो । सर्वोच्चको आदेश स्वागत योग्य रहेको भन्दै पुनले महासंघको टोलीले अनुरोध गरेअनुसारनै बजेटमा आर्थिक प्याकेज पनि राखिने जानकारी दिनुभयो ।
No comments:
Post a Comment