सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, July 7, 2012

माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसको आरोप


२३ असार, काठमाडौं । 
माओवादी कार्यकर्ताले खोटाङमा आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको भन्दै नेपाली कांग्रेसले कारवाहीको माग गरेको छ ।
कांग्रेस मुख्य सचिव वसन्तकुमार गौतमद्धारा शनिबार जारी विज्ञप्तीमा यस्ता क्रियाकलाप पुनः नदोहोर्‍याउन र जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन माओवादीलाई चेतावनी दिएको छ ।
कांग्रेसले नेपाल तरुण दल खोटाङका उपसभापति एवं बाँझे च्यानडाँडा गाउँ कार्यसमितिका सभापति विजय गुरुङको घरमा असार १३ गते माओवादीका कार्यकर्ताले पेट्रोल छर्की आगो लगाएको तथा कांग्रेस कार्यकर्ताहरुमाथि आक्रमढण गरेको, १५ गते नेपाल विद्यार्थी संघ जिल्ला सहसचिव भीमसेन गुरुङ र गाउँ इकाई समितिका सदस्य सुमन गुरुङलाई खुकुरी प्रहार गरी दुवैको हात काटिदिएको आरोप लगाएको छ ।
घाइते दुवै जनालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याई त्रि.वि.शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको र तरुण दल गाउँ इकाई समितिका सदस्य नवराज गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बिज्ञप्तीमा उल्लेख छ ।

No comments:

Post a Comment