सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, July 7, 2012

वीरगञ्जका सञ्चार उद्यमी गुप्ताको विहारमा हत्या


२३ असार, काठमाडौं ।
 वीरगञ्जका सञ्चार उद्यमी सन्तोषकुमार गुप्ताको भारतको बिहारमा हत्या भएको छ । रेडियो विन्दासका स्टेशन म्यानेजर गुप्ताको शव शनिबार बिहारमा मोतिहारी जिल्लाको ढाका थाना अन्तरगतको चिरइया भन्ने स्थानमा सडकमा भेटिएको हो ।
उनको शव रक्सौल लैजाने तयारी भइरहेको छ । गुप्ता भारतको रक्सोलका स्थानीयबासी हुन् । उनको हत्यामा संलग्न रहेको आशंकामा मोतिहारी प्रहरीले पिन्टु राय र माधव सिंहलाई पक्राउ गरेको छ ।
रेडियो विन्दासका अनुसार शुक्रबार अज्ञात व्यक्तिले विज्ञानबारे कुरा गर्न बोलाएपछि गुप्ता विहार जानु भएको थियो । रेडियो विन्दास ९४.८ मोगाहर्ज करिव ४ महिना अघि मात्र सञ्चालनमा आएको हो ।

No comments:

Post a Comment