सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, July 4, 2012

जनताले चाहे राजसंस्था फर्किन सक्छः ज्ञानेन्द्र


१९ असार, काठमाण्डौ ।
 पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहे राजतन्त्र र्फकन सक्ने तर आफु राजनीतिमा भने संलग्न नहुने बताउनुभएको छ ।
रुपन्देही, कपिलवस्तु र नवलपरासीको भ्रमणमा रहनुभएका शाहले मंगलबार साँझ भैरहवास्थित होटल निर्भानामा पत्रकारमाझ भन्नुभयो- जनताकै चाहनाअनुसार राजसंस्था हटेको हो, जनताले चाहे भने फेरि राजसंस्था पुर्नस्थापित हुनसक्छ ।’
तीन जिल्लाका बिभिन्न धार्मिक स्थलको भ्रमणका क्रममा जनताबाट न्यानो आतिथ्य पाएका शाहमा केही आत्मबिश्वास बढेजस्तो देखिन्थ्यो । जनतामा फेरि राजसंस्था चाहिन्छ भन्ने महसुस हुन थालेको आफुले पाएको उहाँले प्रतिक्रिया दिनुभयो । उहाँले मुलुकमा नयाँ शक्तिको आबश्यकता महसुस भएको भन्दै घुमाउरो पाराले राजसंस्था नै नयाँ शक्तिका रुपमा उदाउन सक्ने संकेत गर्नुभयो ।

अहिलेको मुलुकको अबस्थाप्रति टिप्पणी गर्दै पूर्वराजा शाहले आफुले छाडेको बेलामा भन्दा स्थीति झन भयावह देखिएको बताउनुभयो । तीनै जिल्लाका पत्रकारहरुलाई निम्ताइएको सो भेटघाटमा उहाँले पत्रकारका प्रश्नको सहज जवाफ दिनुभएको थियो ।
तीन दिनदेखि पश्चिम तराईमा रहनुभएका शाहले यहाँका बिभिन्न शक्तिपीठहरुमा पुजा अर्चना गर्दै जनतासँग अन्तरक्रियासमेत गरिरहनुभएको छ । रुपन्देहीको बुटबलमा गणेश मन्दिर र मुक्तिनाथ धाममा पुजा गर्ने क्रममा शाह एक किलोमिटर पैदल हिड्नुभएको थियो । उहाँ भोली नवलपरासीमा भगतवीको मन्दिरको दर्शन गरि बिहीवार काठमाण्डौं फर्किने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment