सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, July 2, 2012

अध्यादेशबाट बजेट अमान्य : कोइराला


१८ असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिविना सरकारले अध्यादेशमार्फत बजेट ल्याए आफूहरुले त्यसको प्रतिबाद गर्ने वताउनुभएको छ । राष्ट्रपति डा. रामवरण यादवसंग सोमवार बिहान शितल निवासमा भएको भेटमा कोइरालाले राष्ट्रिय सहमति बिना कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्नेमा बताउनुभयो ।
सभापति कोइरालाले सरकार कामचलाउ भइसकेको अवस्थामा राष्ट्रिय सहमतिविना बजेट आउन नसक्ने भन्दै सहमतिविना सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपति यादवको ध्यानाकर्षण गराउनु भयो ।
भेटमा सभापति कोइरालाले सरकारले अध्यादेशमार्फत जबरजस्ती पूर्ण आकारको बजेट ल्याए आफूहरुलाई मान्य नहुने जानकारी राष्ट्रपति डा. यादबलाई गराउनुभएको छ ।
जवाफमा राष्ट्रपति यादबले आफू संविधानको मुल मर्म अनुसार नै कमद चाल्ने बताउनु भएको थियो । राष्ट्रपति यादबले बजेट ल्याउनका लागि आफूले राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्रीलाई आहृवान गरिसकेको वताउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यस्तै पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको छुट्टै कार्यक्रममा कोइरालाले अध्यादेशबाट बजेट ल्याउने कुर आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउनुभयो । कामचलाउ सरकारले न त चुनाव गराउन सक्छ, न तपूर्ण बजेट ल्याउन सक्छ भन्दै कोइरालाले एकलौटी रुपमा अध्यादेशबाट बजेट ल्याउने कुरा मान्य नहुने बताउनु भयो ।
उहाँले गिरिजाबाबुले शुरु गरेको सहमति, सहकार्य र एकताका आधारमा मात्र बर्तमान राजनीतिक गतिरोधको निकास सम्भब भएको बताउनु भयो । अहिलेको निकास राष्ट्रिय सहमतिको सरकार र त्यो सरकारको अग्रसरता संबिधान निर्माण तथा नयाँ निर्वाचन भएको कोइरालाले उल्लेख गर्नुभयो । माओवादी समेतलाई सहमतिमा ल्याई मुलुकलाई निकास दिन गिरिजाबाबुले शुरु गरेको अभियानलाई सफल पार्न आफु र आफ्नो पार्टीले संवाद प्रक्रिया शुरु गरेको सभापति कोइरालाले बताउनु भयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै कांग्रेस माहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले राष्ट्रय सहमतिको बिकल्प नरहेको भन्दै कांग्रेसले निकासको रोडम्याप सहित आफुलाई जनताका समक्ष उपस्थित गराउने बताउनुभयो 

No comments:

Post a Comment