सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, July 2, 2012

प्रधानमन्त्रीलाई हटाउन आन्दोलन जरुरी छैन : ओली


१८ असार, विराटनगर ।
 नेकपा एमालेका नेता केपी शर्मा ओलीले कमचलाउ भइसकेका प्रधानमन्त्रीको राजीनामा माग्नुको कुनै औचित्य नभएको वताउनुभएको छ । उहाँले संविधानसभा नभएको बेला राजीनामा दिएको प्रधानमन्त्रीलाई हटाउन कुनै आन्दोलन गर्नु जरुरी नभएको आलीको भनाई छ ।
एमाले कोसी अञ्चलस्तरीय भेलालाई सम्बोधन गर्न सोमवार विराटनगर जानेक्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले देशलाई राजनीतिक तथा संवैधानिक संकटवाट टार्न राष्ट्रिय सरकार आवश्यक रहेको वताउनुभयो । उहाँले भन्नुभयो,’कामचलाउ सरकारले बजेट ल्याउन र महत्वपूर्ण काम गर्न सक्दैन । त्यस्तैले दलहरुको सहमतिमा राष्ट्रिय सरकार वनाएर अघि वढ्नु पर्छ ।’
उहाँले देशमा लोकतन्त्रलाई संस्थागत गर्न र देशको आर्थिक विकासका लागि सहमतीय सरकार निर्माण हुनुपर्नेमा जोड दिनुभयो । सरकार काम चलाउ मात्र भएकोले पूर्ण बजेट ल्याउन राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति हुनुपर्ने वताउनुभयो । उहाँले दलहरुवीचकेा सहमतिविना नै अध्यादेशवाट पूर्ण बजेट ल्याए आफूहरुलाई मान्य नहुने वताउनुभयो ।

No comments:

Post a Comment