१२ असार, काठमाण्डौं ।

शिक्षण अस्पतालमा उपचाररत काँग्रेसका
उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अबस्थाका बारेमा मंगलवार जानकारी
लिएर र्फकने क्रममा पत्रकारहरुसंग कुराकानी पूर्वप्रधानमन्त्री समेत रहेका
खनालले मुलुक गम्भीर राजनैतिक र संबैधानीक संकटमा परेको बेला राष्ट्रिय
सहमति वनाउनु पर्नेमा कामचलाउ प्रधानमन्त्री आफैले बाल हठ प्रर्दशन गरी
बद्नाम हुने काम गरेको खनालको भनाई छ । खनालले राष्ट्रिय सहमतिका लागि
तत्काल मार्गप्रशस्त गर्न प्रधानमन्त्री भट्टराईलाई आग्रह समेत गर्नु भयो ।
सो भेटको क्रममा अध्यक्ष खनाल र उपसभापती
पौडेल बिच मुलुकलाई बर्तमान संकटबाट निकाश दिने बिषयमा संक्षिप्त कुराकानी
भएको थियो । भेटमा अध्यक्ष खनालले पौडेलेको शिघ्र स्वास्थ्य लाभको कामना
गर्नुभएको उहाँका स्वकीय सचिब रामबाबु अधिकारीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment