सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, June 26, 2012

डोटीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु

१२ असार, काठमाण्डौ ।
 डडेलधुराबाट महेन्द्रनगर जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु भएका मध्ये सात जनाको सनाखत भएको छ ।
जसमध्ये भारतीय नागरिक फिदा हुसैन, जोगवुढा डडेल्धुराका कैलाशदक्त जोशी, पीपलाडी कञ्चनपुरका जगन्नाथ बोहरा, घण्टेश्वर डोटीका चन्द्र बहादुर बिक, सिलंगा बैतडीका मदनराज पन्त, भागेश्वर डडेल्धुराकी जानकी देवी जोशी र रुपाल गाबिस रुइनपाटाकी चन्द्रा देवी पाण्डेयको पहिचान खुलेको छ ।   गम्भिर घाइते भएका बैतडीका धर्मराज पन्त, चिपुर डडेल्धुराका दीदीबहीनी कवीता महत्ता र रोजीना महत्तको उपचार भर्इरहेको छ ।
महाकाली यातायातको से १ ख ५०२ नम्बरको माइक्रोबस बिहान करिव सवा आठ बजे डोटी जिल्लाको छतिवन गाविसको रुवसडाँडामा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका  प्रहरी प्रमुख डीएसपी भरत बोहोराले जानकारी दिनुभयो ।  माइक्रोबस घुम्तीबाट एक सय ५० मिटर तल खसेको बताइएको छ

No comments:

Post a Comment