सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, June 27, 2012

सेतीको त्रास (फोटो फिचर)


१३ असार, काठमाडौं । सेती नदीले धार परिवर्तन गरेर कटान गर्न थालेपछि कास्की हेम्जाका बासिन्दाको दिनमा भोक र रातमा निद्रा हराएको छ । सेती नदीले हेम्जाको याम्दीमा धार परिवर्तन गरी कटान गर्दा नौ घरपरिवार विस्थापित भएका छन् । नदी नियन्त्रणको माग गर्दै सेती गण्डकी बाढीपीडित सरोकार समिति आन्दोलनमा उत्रिएको छ ।
नदीबाट कटान गरिएका क्षेत्रमा तत्काल स्परहरु निर्माण गर्नुपर्ने, सेती नदी आसपास क्षेत्रमा बसोबास गर्नेहरुलाई बाढीबारे तत्काल सूचना प्राप्त गर्ने प्रणालीको व्यवस्था गर्ने, नदी नियन्त्रणको योजना बनाउनुपर्ने र विस्थापितलाई पुनर्वासको व्यवस्था गर्नुपर्ने माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् । समितिले बुधबार पोखरा-बाग्लुङ राजमार्गको यातायात समेत बन्द गराएका छन् । यातायात बन्द हुँदा त्यस राजमार्ग भै ओहोरदोहोर गर्नुपर्नेहरुलाई सास्ती भएको छ ।

No comments:

Post a Comment