सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, June 27, 2012

राष्ट्रिय सहमतिका लागि बाधक बन्दिन : प्रधानमन्त्री


१३ असार, काठमाण्डौ ।
 प्रधानमन्त्री डा. वावुराम भट्टराईले दलहरुवीच हुने जस्तोसुकै सहमति आफुलाई मान्य हुने वताउनु भएको छ । वुधवार विहान राष्ट्रपति डा. रामवरण यादवसंग सितल निवासमा भएको भेटमाउहाँले राष्ट्रिय सहमतिका आफु कहिल्यै पनि बाधक नबन्ने भन्दै राष्ट्रिय सहमति जुटे तत्काल प्रधानमन्त्रीको कुर्सि छोड्ने वताउनुभयो ।
ब्राजिल भ्रमणमा जानुअघि  स्वदेश फर्केपछि राजीनमा दिन सक्ने वताएका भट्टराईले स्वदेश फर्केपछि नयाँ निर्वाचन नभएसम्म राजीनमा नदिने वताएपछि भट्टराईको चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीकै दल एकीकृत माओवादीका
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले असन्तुष्टी जनाइसकेका छन् । राष्ट्रपतिसंगको भेटमा प्रधानमन्त्री भट्टराईले बजेट ल्याउनका लागि राष्ट्रिय सहमतिको पहल भइरहेको वताउनु भएको थियो ।

जवाफमा राष्ट्रपति डा. यादवले वर्तमान सरकार कामचलाउ भइसकेको भन्दै कामचलाउ सरकारलाई धेरै लम्ब्याउन नहुने वताउनुभएको थियो । वर्तमान सरकार कमचलाउ भइसकेकाले बजेट ल्याउँदा राष्ट्रिय सहमति अत्यावश्यक भएको भन्दै यादवले राष्ट्रिय सहमति जुटाउन भट्टराईलाई सुझाव दिनुभएको थियो । राष्ट्रपति यादवले राष्ट्रिय सहमतिविना सरकारले ल्याएका कुनै पनि विषयलाई आफूले अनुमोदन गर्न नसक्ने वताउनुभएको सितल निवास स्रोतले जनाएको छ ।
झण्डै आधा घण्टा भएको भेटमा प्रधानमन्त्री भट्टराईले एक साता लामो ब्राजिल भ्रमणवारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री भट्टराईले ब्राजिलमा भएको वातावरण तथा दिगो विकाससम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न मुलकका सरकार तथा राष्ट्र प्रमुखसंग भएको भेटवार्तावारे समेत राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

No comments:

Post a Comment