सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, June 27, 2012

फेरि अर्को पार्टीको जन्म


१३ असार, काठमाडौं ।
 मुलुकको राजनीति अस्थिर भैरहेको बेला मुख्य पार्टीमा टुटफुट र नया पार्टी गठन हुने क्रम तीव्र भएको छ । एकीकृत नेकपा माओवादी, मातृका यादवको माओवादी, फोरम लोकतान्त्रिकमा आएको फुटले नया पार्टी जन्माइरहेको बेला बुधबार फेरि अर्को पार्टी गठन भएको छ । पार्टीको नाम हो, जनयुनिटी को-अपरेटिभ पार्टी नेपाल ।
आर्थिक रुपमा मुलुकलाई सम्पन्न गराउन, शिक्षा, स्वास्थ्य, बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी सहकारीको माध्यमबाट कृषि र पर्यटनमा लगानी गरी रोजगारी प्रबर्द्धन गर्न, गाउा गाउामा सहकारी घर घरमा रोजगारीको नाराका साथ यो पार्टी सार्वजनिक भएको हो ।
२०६२ सालमै निर्वाचन आयोगमा दर्ता भएको जनयुनिटी को-अपरेटिभ पार्टी नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी १०१ सदस्यीय केन्द्रीय समिति र ७५ वटै जिल्लामा संगठन रहेको जानकारी दिएको छ ।  ‘यो पार्टी विशुद्ध राजनीतिक पार्टी हो’ संस्थापक अध्यक्ष र समन्वय समितिका सभापति तोयानाथ दाहालले भन्नुभयो ।
पुराना स्थापित ठूला राजनीतिक दलहरुले मुलुकलाई आर्थिक धरापमा पारेको, देशका होनहार युवाहरुलाई विदेशीन बाध्य पारेको र दैनिक जीवनका उपभोग्य वस्तुहरुको मूल्य चौबर बढाएर जनतालाई भोकै राख्न बाध्य पारेको भन्दै पार्टीले बहुदलीय प्रतिष्पर्धामा राजनीतिक निकास दिएर नेपाली जनतालाई सार्वभौम सम्पन्न गराउने दाबी समेत गरेको छ ।

No comments:

Post a Comment